राजेश हमाल र करीश्मा मानन्धर बने, ‘र्याान्डम स्याम्पलिङ’ महानायक र महानायिका

काठमाडौं । एउटा अनलाइन पोर्टलले महानायक र महानायिका’bout ‘र्याान्डम स्याम्पलिङ’का आधारमा अनलाइनमार्फत गरेको सर्वेक्षणमा अभिनेता राजेश हमाललाई ‘महानायक’ छनौट गरिएको छ । यसैगरी ‘र्याान्डम स्याम्पलीङ’कै आधारमा अभिनेत्री करीश्मा माधन्धर ‘महानायिका’ घोषित भएकी छिन् ।
‘शिलापत्र’ नामक अनलाइनले १४ असोजबाट थालेको यो सर्वेक्षणका क्रममा कुल भोटको ९२ दशमलव एक प्रतिशतले राजेशलाई महानायक मानेका छन् भने अभिनेता भुवन केसी र अभिनेता शिव श्रेष्ठको पक्षमा २ दशमलव ३ प्रतिशत मात्र आएको देखाइएको छ । महानायकको वैकल्पीकका रुपमा अभिनेता विपिन कार्की, दयाहाङ राइलगायतलाई छनौट गरिएको दाबी गरिएको छ ।
महानायिकामा कुल भोटको ४३ दशमलव २ प्रतिशत भोट करीश्मा मानन्धरले पाएकी छिन् । अभिनेत्री रेखा थापाले २४ दशमलव ३ प्रतिशत र अभिनेत्री गौरी मल्लले २१ दशमलव ४ प्रतिशत भोट पाएकी छिन् ।
कतिपय चलचित्रकर्मीले यसलाई ‘हचुवा सर्वेक्षण’को संज्ञा दिएका छन् । ‘र्याान्डम स्याम्पलीङ’का आधारमा अनलाइनमार्फत सर्वेक्षण गरिएकाले राजेश हमाल र करिश्मा मानन्धरलाई ‘र्याान्डम’ महानायक र महानायिक भन्न सकिने उनीहरुको मत छ ।
‘पाठकले भरेका १ हजार ५३ वटा फारामकै आधारमा गरिएको महानायक र महानायिका घोषणाले समग्र दर्शकको भावना र मतको के कति प्रतिनिधित्व गर्छ, त्यो चाहिँ विवादको विषय हुनसक्छ’, एक अभिनेताले भने, ‘आगामी दिनमा अन्य कुनै सस्थाले यस्तै सर्वेक्षण गर्दा त्यसले भुवन केसीलाई महानायक घोषित नगर्ला भन्न सकिन्न ।’
महानायक र महानायिकाको बिबाद उल्झनु र यस्ता विबाद चर्काउनुभन्दा उम्दा, स्तरीय र विश्वमै प्रतिश्पर्धा गर्न लायक चलचित्र निर्माण गर्ने हो भने कसैले महानायक र महानायिकाको हचुवा या ‘र्याान्डम’ उपाधि दिइरहनु नपर्ने उनले बताए ।
साभार: drishyatv.com