पार्टी अध्यक्षका लागि कमल थापाको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले केही नगरी नहुने काम बाँकी रहेकाले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । यसअघि नेता राजेन्द्रप्रसाद लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।

साभार: drishyatv.com