अनौठो क्यान्सरबाट प्रख्यात फेसन डिजाइनरको निधन

न्यूयोर्क । विश्वविख्यात फेशन डिजाइनर भर्जिल अबलोहको क्यान्सरसँगको लामो संघर्षपछि निधन भएको छ । उनी ४१ वर्षका थिए ।
लक्जरी समूह एलभीएमएच (लुइ बनोट मोएट हेनेसी) र अबलोहको आफ्नै अफ ह्वाइट लेभलले अबलोहको निधनको जानकारी दिएका छन् । अबलोहले सन् २०१३ मा अफ ह्वाइटको स्थापना गरेका थिए ।
एलभीएमएचका अध्यक्ष बनार्ड अर्नाल्टले भनेका छन्, ‘यो खबर सुनेर हामी स्तब्ध छौं । भर्जिल एक कुशल डिजाइनर मात्र हैन, एक असल अनि बुद्धीमान मानिस थिए ।’
अबलोहका परिवारले डिजाइनरको इन्स्टाग्राम अकाउन्टमा एक बयान जारी गर्दै उनको निधनको पुष्टी गरेका छन् । डिजाइन अबलोह द्ुइ वर्षपहिले कार्डियाक एन्जीयोसारकोमा नामक रोगको शिकार भएका थिए । यो निकै द्ुर्लभ किसिमको क्यान्सरको एक प्रकार हो, जसमा मुुटुमा टयूमर हुन्छ ।

सन् २०१९ मा क्यान्सरबाट पिडित भएपछि उनले सँसारलाई जानकारी नदिइ एक्लै क्यान्सरसँगलडने निर्णय गरे, कयौं चुनौतीपूर्ण उपचार गराए, सँगसँगै फेसनको दुनियाँमा आफ्नो काम पनि जारी राखे ।
अबलोह सन् २०१८ मा फ्रान्सेली डिजाइन हाउसको इतिहासमा लुइ वटोनमा पुरुषका परिधान डिजाइन गर्ने पहिलो अश्वेत डिजाइनर थिए । उनी पहिले घाना अमेरिकी थिए, जसलाई आमाले सिलाइको कला सिकाइन् । अबलोहसँग कुनै औपचारिक फेसन प्रशिक्षण पनि थिएन । तर, उनी इन्जीनियरीङमा स्नातक र वास्तुकलामा स्नातकोत्तर थिए ।
साभार: drishyatv.com