अस्ट्रेलियामा सीमा नखुल्दा पाँच हजार नेपाली विद्यार्थी अन्यौलमा
सिडनी । अस्ट्रेलियाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित संकक्रमणको खतरा महसुस गर्दै अन्र्तराष्ट्रिय सीमा खुकुलो पार्ने पूर्व घोषणालाई १५ दिन लम्ब्याएको छ । ओमिक्रोनको वास्तविकता पूर्ण रुपमा पत्ता नलागेसम्म र जोखीमको आँकलन नभएसम्म डिसेम्बर १५ सम्म अस्ट्रेलियाको सीमा बन्द हुनेछ ।
डिसेम्बर १ देखि सीमा खुल्ने आसमा रहेका नेपाललगायतका अन्र्तराष्ट्रिय बिद्यार्थी र विदेशी कामदारले अझै दुइ साता कुर्नुपर्ने भएको छ । अस्ट्रेलिया आउन टिकटसमेत लिइसकेका कतिपय नेपाली बिद्यार्थीमा नयाँ परिस्थितिले अन्यौल सिर्जना गरिदिएको छ ।
अहिले अस्ट्रेलियामा पढन जाने बाटो कुरीरहेका नेपाली विद्यार्थीको संख्या पाँच हजार हाराहारी रहेको अर्बिट इन्टरनेशनलका अध्यक्ष प्रकाश पान्डेले बताए । ‘भिसा लिइसकेका, कलेज फिक्स भइसकेकाहरु पनि अन्यौलमा छन्, कोरोनाको नयाँ भेरियन्टले गर्दा उनीहरु नेपालमै रोकिएका छन्’, प्रकाशले भने ।
दुइ वर्षअघि नै भिसा पाइसकेका विद्यार्थीले यसविचमा केहीले अनलाइन कक्षा लिए पनि प्रत्यक्ष अधिकांस अस्टे«लियामै गएर पढन चाहन्छन् । केही दिनअघि मात्र डिसेम्बर १ बाट सीमा खुल्ने कुराले उनीहरु उत्साहित थिए, तर पुनः उनीहरु डिसेम्बर १५ सम्म रोकिनुपर्नेछ । नयाँ भेरियन्ट तिब्र संक्रामक भएकाले त्यसपछि पनि परिस्थिति अनुकुल हुने कुनै संकेत देखिदैन ।
अस्ट्रेलियामा भने ओमिक्रोन भेरियन्टको पाँचौ संक्रमित फेला परिसकेको छ । न्यू साउथवेल्स राज्यका अधिकारीहरुले आइतबार दक्षिण अफ्रीकाबाट सिडनी पुगेका दुइ यात्रीमा ओमिक्रोन भेरियन्ट देखा परेको बताएका थिए । सोमबार ओमिक्रोनका थप दुइ केस देखा परे ।
उनीहरु पनि आइतबार दक्षिण अफ्रीकाबाट एक उडानमार्फत अस्ट्रेलियाको सर्वाधिक जनघनत्व भएको राज्यमा आएका थिए । यसैगरी जोहानिसबर्गबाट गत साता अस्टे«लियाका शहर डार्बिन पुगेका एक दक्षिण अफ्रीकीमा पनि ओमिक्रोन संक्रमण भेटिएको अधिकारीहरुले पुष्टी गरेका छन् ।
यी सबै परिदृश्यमा अस्ट्रेलियामा नयाँ भेरियन्ट सँक्रमण फैलिन नदिन अस्ट्रेलियाले डिसेम्बर १५ सम्म सीमा बन्द राखीरहने निर्णय गरेको अस्ट्रेलियाको चर्चित नेपाली अनलाइन एएनजेडखबर डटकम’का सम्पादक प्रकाश हुमागाईंले दृश्य टिभीलाई बताए ।
प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाइसकेका एवं कुशल श्रमिकलाई सिडनी वा मेलबर्न विमानस्थलमा क्वारेन्टाइन बिना नै प्रवेश अनुमतिको घोषणा गरेका थिए । तर, अब नयाँ परिस्थिति सिर्जना भएकाले त्यो घोषणा हाल लागू हुनेछैन ।
‘नयाँ भेरियन्ट सँक्रमणको संख्या स्वयंमा कुनै मुद्दा हैन, मुख्य कुरा कतै मानिसहरु गम्भीर रुपमा विरामी भइरहेका हुन् या मानिसहरु अस्पतालहरुको बोझ बढाइरहेका हुन् ? ओमिक्रोन के कति जोखीमपूर्ण छ त्यस’boutमा बुझ्नु जरुरी छ’, प्रधानमन्त्री मोरिसनले भनेका छन् । न्यू साउथवेल्स र भिक्टोरियाले चाहिँ राजधानी क्यानबेरामा विदेशबाट आउने सबै यात्रुले ७२ घन्टासम्म क्वारेन्टीनमा रहनुपर्ने निर्णय लिइसकेका छन् ।
डिसेम्बरबाट सीमा खुल्ने आशमा नेपालका धेरै कन्सल्टेन्सीहरुमा अस्ट्रेलियामा पढन जाने विद्यार्थीको लर्को लाग्न थालेको थियो । कन्सल्टेन्सीहरुले नयाँ नयाँ कार्यक्रम विद्यार्थीका लागि अघि सार्न थालेका थिए । विभिन्न देशमा अस्टे«लिया अध्ययनका सन्दर्भमा एक्स्पोहरु आयोजनाको तयारी चलीरहेको थियो । अब ति सबै गतिविधिमा विश्राम लागे पनि आशा भने अझै नमरेको शैक्षिक परामर्शदाताहरुको संस्था इक्यानका अध्यक्ष प्रकाश पाण्डेल बताए ।
साभार: drishyatv.com