जुम कलबाटै एकैपटक ९०० कर्मचारीको जागिर चट

एक अमेरिकी कम्पनीका प्रमुखले एउटै जुम कलमार्फत् करिब ९ सय कर्मचारीलाई बर्खास्त गरेका छन् । धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका प्रमुख कार्यकारी विशाल गर्गले ९ सय कर्मचारीलाई एकैपटक बर्खास्त गरेका हुन् ।

क्रिसमस पर्व आउनु भन्दा केही दिन अघि भएको घटनालाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले अभद्र, कठोर अनि एउटा खराब कदम भन्दै प्रतिक्रिया जनाएका छन्। गर्गले उक्त कम्पनीका १५ प्रतिशत कर्मचारीलाई एकै पटक बर्खास्त गर्नुको कारण कर्मचारीहरूको कार्यसम्पादन, उत्पादकत्व अनि बजारमा देखिएको परिवर्तन रहेको बताएका थिए ।

तर गत हप्ता लगानीकर्ताहरूबाट बेटर डटकमले प्राप्त गरेको ७५ करोड अमेरिकी डलर बराबरको रकम ’bout भने उनले उल्लेख गरेनन् ।

बेटर डटकमका प्रमुख वित्त अधिकारी, केभिन रायनले भने, ‘छाँटकाँट गर्नुपर्ने अवस्था अत्यन्त अप्रिय कुरा हो, विशेष गरी वर्षको यो समयमा।’

कर्मचारी बर्खास्त गरे पश्चात् विगतमा परिचय नखुलाएर लेखिएको एउटा ब्लगका लेखक पनि गर्ग रहेको फोर्च्युन म्यागेजिनले पुष्टि गरेको छ । उक्त ब्लगमा उनले बर्खास्त गरिएका कर्मचारीहरूले दिनको दुई घण्टा काम गरेर आठ घण्टा वा त्यो भन्दा बढी काम गरेको दाबी गर्दै अनुत्पादक बनेर आफ्ना सहकर्मी र ग्राहकबाट चोरी गरेको आरोप लगाएका थिए । घर खरिद गर्ने प्रक्रियालाई प्रविधिको प्रयोग गर्दै छिटो र छरितो बनाउने लक्ष्य लिएको कम्पनीमा एउटा जापानी समूहले लगानी गरेको छ।

साभार: drishyatv.com