‘छलफलबाट निष्कर्ष निस्किएपछि एमसीसी अघि बढ्छ’

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौता अघि बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मंगलवार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व भएको बताएका हुन् ।

उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको बताए । उनले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको दाबी गरे ।

उनले भने,‘एमसीसीको ’boutमा केही भ्रम पनि होलान् । यो अमेरिकी सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले ट्रान्समिसन लाइन निर्माण र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । र त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो । दलहरुको बीचमा छलफल भइराख्या छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।’

साभार: drishyatv.com