भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका चार जना मृत फेला, तीन जना बेहोस

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा चार जना मृत फेला परेका छन् । क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका हुन् भने तीन जना बेहोस अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए ।

आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनका ३ महिनाको छोरा इप्सन भट्टराई, सासु ४३ वर्षीया कोकिला भटटराई, धर्मप्रसादकी जेठानी दिदी नाता पर्ने कोली भट्टराईको मृत्यु भएको हो । बेहोस अवस्थामा रहेका नरेन्द्रप्रसाद भट्टराईसहित अन्य ३ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घटना’bout अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भट्टराईका आफन्तहरु आएका थिए । उनीहरु एउटै कोठामा सुतेका थिए ।

साभार: drishyatv.com