धादिङमा पहिरोले स्काभेटर पुरिंदा तीन जना बेपत्ता

धादिङ । उत्तरी धादिङको रुवि भ्यालि गाउँपालिकास्थित वडा नम्बर-१ पुरुङ भन्ने स्थानमा बाटो खन्ने क्रममा स्काभेटर पहिरोले पुरिंदा अपरेटर सहित तीन जना बेपत्ता भएका छन् ।
रुवि भ्यालिको ठुलो गाउँबाट लिङ्जो जाने सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर पुरिएको हो । स्थानीयले उद्दारको काम जारी रहेको बताएका छन् । घटनास्थल सदरमुकामदेखि तीन दिनको दुरिमा पर्दछ । घटना’bout थप विवरण आउन बाँकी छ ।
साभार: drishyatv.com