गुण एयरको जहाजको आकाशमै ढोका खुलेपछि…

काठमाडौँ । काठमाडौंबाट पोखरा उडेको गुण एयरको जहाजको ढोका खुलेपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । गुण एयरलाइन्सकाअनुसार काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका खुलेपछि जहाज काठमाडौं विमानस्थल नै फर्काइएको थियो ।
जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए । त्यसपछि त्यो विमानका यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ ।
साभार: drishyatv.com