राजदूत नियुक्तिलाई समावेशी बनाउने विषयमा समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउने’bout प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउने’bout प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो । त्यसका लागि समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्काे बैठक बोलाउन जिम्मेवारी दिइएको संसदीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिले यसअघि पनि संवैधानिक निकायमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर त्यसको कार्यान्वयन नभएपछि त्यस विषयमा प्रधानमन्त्री देउवासँगै छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको उनले बताए । बैठकमा समितिका सदस्यहरुले संविधानमा संवैधानिक निकाय र राजदुत नियुक्ति समावेशी र समानुपातिक हुने व्यवस्था गरिएपनि सरकारले सोही अनुसार गर्न नसकेको बताएका थिए ।
साभार: drishyatv.com