त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि केन्द्र र अन्तर्गतका क्याम्पसहरुमा परीक्षार्थी, कर्मचारी र प्राध्यापकहरूमा समेत कोरोना संक्रमण देखिएका कारण सबै परीक्षा कार्यक्रम रोक्नुपरेको बताए ।

साभार: drishyatv.com