सरकारमाथि एमालेका १५ आरोप(पूर्णपाठसहित)
काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएको छ । आइतबार विज्ञप्ति जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने प्रस्ताव कुनै असल मनशायले नआएको बताएका हुन् ।
अध्यक्ष ओलीले गतवर्ष आफूले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन् । मुलुकको वर्तमान अवस्थाका ’boutमा पत्रकार सम्मेलनमार्फत् पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष कमरेड ओलीमा कोभिड संक्रमण पुष्टि भएपछि प्रेस बक्तव्यमार्फत सार्वजनिक गरिएको हो ।
साभार: drishyatv.com