२५ हजार धरौटी बुझाएर रायभर कारागारमुक्त

काठमाडौं । राजस्व छली मुद्दामा थुनामा परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् । पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वोच्च अदालतको आदेशपछि २५ हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

सर्वोच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका थिए । जागिर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपीसहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका हुन् ।

साभार: drishyatv.com