महाअभियोग प्रस्ताव’bout अध्ययन गर्न ११ सदस्यीय समिति गठन

काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव’bout अध्ययन गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ ।

प्रतिनिधिसभाको प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् । नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी गुरुङ र रेखा शर्मा छन् ।

यस्तै एकीकृत समाजवादीबाट कल्याणी खड्का, जनता समाजवादी पार्टीबाट प्रमोद साह र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ सदस्य छन् ।साभार: drishyatv.com