एमाले सांसद बानियाँ निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् ।
बलात्कारको आरोप लागेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल बानियाँ हिरासतमा छन् ।