युद्धले युक्रेनका ६६१ आवासीय भवन ध्वस्त

किभ, एजेन्सी। रुस–युक्रेन युद्धको आज २७ औं दिन भ्लादिमिर पुटिनको सेनाद्धारा आक्रमण अझै जारी छ। तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग आत्मसमर्पण नगर्ने बताएका छन्। तर, उनले नाटोको व्यवहारप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘कि नाटोले युद्ध लड्न युक्रेनलाई सहयो गरोस्, न भए हामी रुससँग डराउँछौ भनेर स्विकार गर्नुपर्यो।’
रुसको हमलामा हालसम्म युक्रेनमा ६ सय ६१ आवासीय भवन र ३ हजार ७ सय ८० घर नस्ट भइसकेको छ।
युक्रेनी राष्ट्रपतिले क्रिमिया, डोनबासको मुद्धा राष्ट्रपतिद्धारा मात्र निस्कर्षमा पुग्न नसकिने बताएका छन्। उनले यसलाई लामो प्रक्रियाबाट समाधान गर्न सकिने बताए। युक्रेनी राष्ट्रपतिका अनुसार राडा र युक्रेनका जनताले यसको समाधान दिन सक्छन्।
युक्रेन संकटलाई लिएर संयुक्त राष्ट्र संघको आपतकालीन विशेष सत्र बुधबार पुनः हुने भएको छ। यो सत्रको आब्हान फ्रान्स, बेलायत र अमेरिकासहित २२ राष्ट्रले गरेका थिए।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्तिका लागि रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्। राष्ट्र संघको रिपोर्ट अनुसार युद्धका कारण युक्रेनबाट ३३ लाख मानिस पलायन भइसकेका छन्। साभार: drishyatv.com