युक्रेन संकट’bout राष्ट्रसंघको महासभामा प्रस्ताव पारित

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार ‘युक्रेनमा आक्रमणको मानवीय परिणाम’ शीर्षकको प्रस्ताव पारित गरेको छ। युक्रेन संकट सम्बन्धी चलिरहेको विशेष आपतकालीन सत्रमा यस प्रस्तावको पक्षमा १४० मत खसेको थियो भने विपक्षमा पाँच मत परेको थियो।

यस मतदानमा भारतसहित ३८ देशले भाग लिएनन्। प्रस्ताव पारित भएपछि संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले आफू मतदानमा सहभागी नहुनुको कारण स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जालमा भारत युक्रेनमा लडाइँ अन्त्य गर्ने र तत्काल मानवीय सहायता उपलब्ध गराउनुपर्ने पक्षमा रहेको बताएका छन्। उनले लेखेका छन्, ‘भारतले मतदानमा भाग लिएन। ’cause हामी लडाइँ अन्त्य गर्ने र तत्काल मानवीय सहायता उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्न चाहन्छौं। यी चुनौतिहरूलाई सम्बोधन गर्ने आवश्यकतालाई यस मस्यौदा संकल्पमा उचित रूपमा सम्बोधन गरिएको छैन।’

उनले युक्रेनको वर्तमान अवस्था झनै बिग्रँदै गएको भन्दै भारत निकै चिन्तित रहेको बताए। युक्रेनमा रुसले फेब्रुअरी १४ देखि आक्रमण गरेको थियो। यसबीचमा अहिलेसम्म उक्त ३० देखि ४० हजार मानिसको ज्यान गएको नेटोका एक वरिष्ठ अधिकारीले न्यूज एजेन्सी एपीलाई बताएका छन्। 

उनका अनुसार युक्रेन आक्रमणको एक महिनामा १५ हजारसम्म रुसी सैनिकको ज्यान गएको हुनसक्ने अनुमान रहेको छ। रुसले भने मार्च २ देखि अहिलेसम्म कति सैनिक यो युद्धमा मारिए भन्ने आधिकारीक आँकडा सार्वजनिक गरेको छैन।

यो तथ्यांकलाई आधार मान्ने हो भने रुसी सैनिकको यो धेरै ठूलो क्षति हो। अफगानिस्तानमा १० वर्ष रुसले कब्जा गर्दा रुसका १५ हजार सैनिक मारिएका थिए। यो संख्या युक्रेनमा १ महिनामा नै पुगेको छ।

यता, युक्रेन पनि अहिलेसम्म मारिएका मानिसहरुको आँकडामा प्रस्ट पारेको छैन। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले लगभग २ साता अगाडि अहिलेसम्म १३ सय युक्रेनी सैनिक यो युद्धमा मारिएको बताएका छन्।साभार: drishyatv.com