काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर

काठमाडौं– काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर भएको छ। मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। 

सोमबार दिउँसो काठमाडौंको एक्यूआई १ सय ६७ रहेको थियो। सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।

१५० भन्दा माथि २ सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि ३ सयसम्मलाई अति अस्वस्थकर मानिन्छ। 

काठमाडौंको  आकाश आज पनि खुल्न सकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ।

अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ। सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन वातावरण विभागले आग्रह गरेको छ।

यस्तै, विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको धेरैजसाे भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएकाे छ। केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ। 

केही दिन देशको धेरैजसाे भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा सामान्य पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।