सुटकेशबाट मानव तस्करी

वास्तवमा यो सुन्दै अचम्म लाग्न सक्छ, सुटकेशबाट पनि मानव बेचबिखन हुन्छ! तर, यो साँचो हो।
अफ्रिकाको उत्तरी समुन्द्री क्षेत्रमा रहेको स्पेनको स्वायत्त शहर सेउटा, जहाँ सुटकेशबाट मानव बेचबिखन हुने गरेको छ। सेउटा शहर मोरक्कोको सिमासँग जोडिएको छ। यो भू–मध्यसागर र एट्लान्टिक महासागरको बीचको सिमामा अवस्थित छ।
अफ्रिकामा स्पेनले स्वायत्तता जमाएको धेरै क्षेत्रमध्ये यो पनि पर्छ। मेलिला र क्यानरी टापुसँगै स्थायी रूपमा मानव बसोबास गर्ने ठाउँ भएको हुनाले सेउटाको छुट्टै महत्व छ। सन् १९९५ मा यसको छुट्टै स्वायत्तता सम्बन्धि विधान पारित भएको थियो। त्यस अघिसम्म यो काडिज प्रान्तको एउटा नियमित नगरपालिका थियो।
स्पेनसँग सरोकार राख्ने कारण यहाँ अफ्रिकाबाट लुकेर आउने मानिसहरूको संख्या ठूलो छ।
तल उपलब्ध फोटो सन् २०१६ डिसेम्बर महिनाको हो। यतिबेला अफ्रिकी देश गाबोनका १९ वर्षीय एक युवालाई सुटकेशमा राखेर एउटी महिलाले मोरक्कोबाट सेउटा प्रवेश गराउँदै थिइन। तर उनी पक्राउ परिन्। उनले ट्रलीमा राखेर सुटकेश ओसार–पोसार गर्दा गर्दै पक्राउ परेकी हुन्।

यस्तै, घटना ८ मे २०१५ मा पनि भएको थियो। जब अफ्रिकाबाट सेउटा शहर प्रवेश गर्न लागेका नाबालकलाई सुटकेशको स्क्यानिङ गर्ने क्रममा ‘कस्टम विभाग’ ले पत्ता लगायो। पदाधिकारीले तुरुन्त ती नाबालकलाई सेउटा प्रवेश गर्नबाट रोकेको थियो। यो घटनामा स्पेनको अदालतले नाबालकको पितालाई तुरुन्त पक्राउ गर्न आदेश दिएको थियो।
नाबालक बच्चाका पिता सेउटालाई प्रमुख बनाउँदै आफ्नो छोरालाई युरोपका अन्य देश प्रवेश गराउन चाहन्थे। पछिल्लो समय अफ्रिकी देशमा थुप्रै मानवीय संकट पैदा भएका छन्। त्यसैले यो क्षेत्र अहिले मानव बेचबिखनको प्रमुख स्थल बन्दै गएको अन्तर्राष्ट्रिय निकायको भनाई छ। अफ्रिकी जनता सुखद जीवनको आशामा जोखिम मोलेर युरोप प्रवेश गर्न यस्ता उपायहरू अपनाउने गरेका छन्। अर्को एक रिपोर्टअनुसार मानव तस्करीको केन्द्रविन्दु चीन पनि बन्दै गइरहेको छ। चीनको स्वायत्त देश हङकङमा केही वर्षयता भारतीय र पाकिस्तानीहरूको तस्करी बढ्दै गइरहेको छ।



साभार: drishyatv.com