कोभिडको जोखिम कायम रहेकाले सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयले भनेको छ, ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ ।’

साभार: drishyatv.com