त्रिविका क्याम्पस वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा अर्थात् सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट नै बिदा’bout निर्णय गर्न सक्ने जनाएको छ ।
अरु क्याम्पस, विभाग र स्कुलहरुको हकमा भने वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयले सूचनामार्फत जानकारी दिएको छ । यो समयमा विद्यार्थीहरुको परीक्षा चलिरहेको भए परीक्षा यथावत् नै रहने जनाइएको छ ।
