अंक ज्योतिष र रत्न

यदी कसैको चिना छैन र वास्तविक जन्म समय थाहा छैन, तर जन्म दिन भने थाहा छ भने त्यस्ता सबै व्यक्तिले यो अंक ज्योतिषको माध्यामलाई आत्मसाथ गरी रत्न धारण गर्दा निश्चय पनि जीवनलाई शुभ बनाउँन सकिन्छ ।

 

 

अंक ज्योतिषको प्रार्दुभाव मनुष्य जातिको उदभवसंगै भएको हो । वास्तवमा अंकको संसार अति विचित्र, अद्भुत र अचम्भित पार्ने खालको छ ।

 

सर्व प्रथम भारत वर्षका ऋषिमुनीले नै अंकको रहस्य एवं प्रभावलाई अनुभव गरेका हुन ।

 

अंक र विज्ञान एक अर्काको पुरक हो । हस्तरेखा, ज्योतिषशास्त्र सामुन्द्रिकशास्त्र आदी अनेक यस्ता शास्त्रहरु छन तिनले जीवनलाई प्रभावित पारी रहन्छन् । जीवनको संकेत गरी रहन्छन, यो सबैको आधार पनि अंक ज्योतिष नै हो । ’cause अंकको सहायता बिना शास्त्रले आफ्नो फल खुलस्त रुपमा उजागर गर्नै सक्दैन ।

 

हाम्रो जीवन यै अंकको पेरीफेरीमा घुमी रहेको हुन्छ । हामी जन्मेदेखी मृत्युसम्म यै अंकको बोझ मुनि थिचिएकै हुन्छौ । जीवनको कुनै यस्तो क्षण नहोला कि हामी अंकद्वारा प्रभावित नभएको होस ।

 

प्रत्येक दिन प्रत्येक समय यि अंकसँग हाम्रो सम्बन्ध गहिरिदै जान्छ । मनुष्यको जीवनको भुत, भविश्य र बर्तमान यिनै अंकको माध्यमले सहजै जान्न सकिन्छ । मानव जीवनको प्रत्येक घट्ना अंकसँग प्रभावित भएकै हुन्छ ।

 

अंकको सम्बन्ध ज्योतिषशास्त्र, हस्त रेखाशास्त्रसँग मात्र नभई रत्न विज्ञानसँग पनि त्यतिकै रहेको छ । हो हामीले आफ्नो भाग्यबृद्धी रत्न अंक ज्योतिषको आधारबाट धारण गर्न सक्छौ ।

 

अंक शास्त्रमा जन्म दिनांकद्वारा समस्त जीवनको उथलपुथल, उन्नति, अवनति, विवाह, ब्यापार, बिधा प्रेम, नौकरी, विदेश यात्रा, स्वास्थ्य समस्या आदी सबै कुरा अंकको प्रभावले ज्ञात गर्न सकिन्छ ।

 

प्रत्येक मनुष्यको जीवन भिन्न भिन्न अंकबाट प्रभावित रहेको हुन्छ । साथै अंक ग्रहद्वारा प्रभावित भएको हुन्छ । जब यो अंक संख्या सम्बन्धी बर्ष वा दिनमा आउँछ, त्यस बखत जातकको जीवनमा यसले कुनै न कुनै घट्ना अवश्य घटित गराउँछ ।

 

राम्रो होस वा नराम्रो प्रभाव अवश्य पारेकै हुन्छ । अंक ज्योतिष ज्योतिषशास्त्र कै एक शाखा हो । अंक ज्योतिषद्वारा हाम्रो जीवनमा आउँने धट्नलाई ज्ञात गर्न सकिन्छ । कुन दिन, गत,े महिना र बर्ष हामीलाई अनुकुल हुन सक्छ वा प्रतिकुल हुन्छ त्यो जानकारी पाउँन सकिन्छ ।

 

यसै जानकारीको आधारमा हामीले सही निर्णय लिन सक्छौ । अंकको सम्बन्ध ग्रहसँग पनि रहन्छ । ग्रहद्वारा हाम्रो जीवन सञ्चालित हुन्छ । अंकले केवल ग्रहलाई मात्र नभई राशिलाई पनि प्रभावित गर्दछ ।

 

अंक ज्योतिषको आधारबाट हामीले आफ्नो भाग्य बृद्धी गर्न शुभ रत्नको चयन गर्न सक्छौ । यो चुनाव यस प्रकार गरिन्छ ।

 

मुलांकः १ (जन्म दिन १,१०,१९,२८)

अंक १ को प्रतिनिधी ग्रह सुर्य हो । जो ब्यक्तिको जन्म कुनै पनि महिनाको १, १०, १९, र २८ अंकको दिनमा हुन्छ, तिनको मुलांक १ हुन्छ । यि व्यक्तिले आफ्नो सौभाग्य बृद्धिको लागी माणिक्य रत्न धारण गर्नु श्रेयश्कर हुन्छ ।

 

मुलांकः २ (जन्म दिन २, ११, २०, र २९)

यो अंकको प्रतिनिधी ग्रह चन्द्रमा हुन्छ । यस अंकमा जन्म हुने ब्यक्तिको मुलांक २ हुन्छ । यस अंकका व्यक्तिले आफ्नो जीवनलाई समृद्ध बनाउँन मोती धारण गर्नुपर्छ ।

 

मुलांकः ३ (जन्म दिन (३, १२, २१, ३०)

अंक ३ को स्वामी ग्रह गुरु बृहस्पति हुन्छ । कुनै महिनामा यस अंकमा कसैको जन्म भएको छ भने त्यसको मुलांक ३ हुन्छ । यि व्यक्तिले जीवनलाई सुखी सौभाग्यशाली बनाउँन पहेलो पुष्पराज धारण गर्नुपर्छ ।

 

मुलांकः ४ (जन्मदिन ४, १३, २२, ३१)

यस ४ अंकको स्वामी ग्रह, हर्षले र युरेनस हो । साथै ४ अंकलाई राहु अंक पनि भनिन्छ । पाश्चात्य ज्योतिषअनुसार हर्षले र सुर्य दुबैले अंक १ सँग पनि सम्बन्ध राख्दछन । कुनै पनि महिनाको ४ अंकको दिन जन्म हुने व्यक्तिले सौभाग्य बृद्धीहेतु गोमेद धारण गर्नु पर्छ ।

 

मुलांकः ५ (जन्म दिन ५, १४, २३)

यो अंकको प्रतिनिधी ग्रह बुद्ध हो । जो व्यक्तिको जन्म अंक ५, १४ वा २३ मा भएको छ भने बाकपटुता, ब्यापार मनोवृति नितिज्ञ, खोज, स्वार्थी शक्ति एवं ईष्यालु प्रकृति हुन्छ । तसर्थ यिनले आफ्नो सौभाग्य बृद्धी गर्नका लागी पन्ना धारण गर्नु पर्छ ।

 

मुलांकः ६ (जन्म दिन ६, १५, २४)

यो अंकको स्वामी ग्रह शुक्र हो । यस अंकमा जन्मने व्यक्तिको मुलांक ६ हुन्छ । यिनले जीवनमा सम्पुर्ण सुख प्राप्तिका लागी हिरा धारण गर्नु पर्छ ।

 

मुलांकः ७ (जन्म दिन ७, १६, २५)

यो अंकको स्वामी ग्रह नेप्च्युन हो । तर, ब्यबहारिक रुपमा भने यस ग्रहले केतु र चन्द्रमालाई प्रभावित गर्दछ । यस अंकमा जन्म हुनेको मुलांक ६ हुन्छ । र, यिनले जीवनलाई सुखी सौभाग्यशाली बनाउँन लसुनिया धारण गर्नु पर्छ ।

 

मुलांकः ८(जन्म दिन ८, १७, २३)

यस अंकको स्वामी ग्रह शनि देव ग्रह हो । यस अंकमा जीवन लिने व्यक्ति शनि ग्रहसँग प्रभावित हुन्छ । तसर्थ शनिको प्रभावलाई अनुकुल गरेर समृद्ध जीवन बनाउँन र सौभागयशाली बन्न निलम धारण गर्नु पर्छ ।

 

मुलांकः ९ (जन्म दिन ९, १८ र २७)

यस अंकको स्वामी ग्रह मंगल हो । जो कोहीको पनि जन्म यस अंकमा भएको छ भने त्यस व्यक्तिलाई अंक ९ ले प्रभावित गर्छ । ’cause त्यस व्यक्तिको मुलांक ९ हुन्छ । मंगल उथलपुथल गर्ने ग्रह भएकोले यस अंकका व्यक्तिले जीवनलाई सहज र सौभाग्यशाली बनाउँन मुंगा धारण गर्नु पर्छ ।

 

यदी कसैको चिना छैन र वास्तविक जन्म समय थाहा छैन, तर जन्म दिन भने थाहा छ भने त्यस्ता सबै व्यक्तिले यो अंक ज्योतिषको माध्यामलाई आत्मसाथ गरी रत्न धारण गर्दा निश्चय पनि जीवनलाई शुभ बनाउँन सकिन्छ ।