महरा प्रकरण : बयान सकियो, थुनछेक बहस आइतबार हुने

काठमाडौं । बलात्कार  आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ । बहस सकिएपनि थुनछेक बहस आइतबार मात्रै हुने भएको छ । 

बयानपछि महरालाई अस्पताल नै लगिएको छ । जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो । समय अभावको कारणले आज थुनछेक बहस नभएको हो । आइतबार बिहान १० बजे उपस्थित गराउने गरी महरालाई छाडिएको छ । 

र, यो पनि : महराविरुद्ध प्रहरीले अदालतमा १५२ कागजात बुझयो, ७ बर्ष सजायको माग

महराले महिलामाथि बलात्कार नगरेको दाबी गर्दै आएका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ ।

महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेका छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका थिए । 

आइतबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनसक्छ ।