राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा नवनियुक्त सात प्रदेशका प्रमुखहरुको शपथग्रहण । तस्वीरःप्रदीपराज वन्त

काठमाडौँ, १९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ९प्रदेश नं १०, तिलक परियार ९प्रदेश नं २०, विष्णुप्रसाद प्रसाई ९प्रदेश नं ३०, अमिक शेरचन ९गण्डकी प्रदेश०, धर्मनाथ यादव ९प्रदेश नं ५०, गोविन्दप्रसाद कलौनी ९कर्णाली प्रदेश० र शर्मिलाकुमारी पन्त ९सुदूरपश्चिम प्रदेश० लाई शपथ गराउनुभएको हो ।

राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

यसअघि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को यही कात्तिक १७ गतेको निर्णयबाट सिफारिश भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ ९प्रदेश नं १०, रत्नेश्वर लाल ९कायस्थ० ९प्रदेश नं २०, अनुराधा कोइराला ९प्रदेश नं ३०, बाबुराम कँुवर ९गण्डकी प्रदेश०, उमाकान्त झा ९प्रदेश नं ५०, दुर्गाकेशर खनाल ९कर्णाली प्रदेश० र मोहनराज मल्ल ९सुदुरपश्चिम प्रदेश० लाई पदमुक्त गर्नुभएको थियो । (रासस)

मंगलवार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सितल निवासमा नवनियुक्त ७ प्रदेशका प्रमुखहरु सपथ ग्रहण पछि राष्ट्रपति उपराष्ट्रपति,प्रधानमन्त्री लगायत संग सामुहीक तस्बिर खिचाउदै । तस्बिरःप्रदीपराज वन्त,रासस