नेपालको भूमाग मिचेको छैन : भारत


काठमाडौँ । भारतले निकालेको नयाँ नक्साको विरोध नेपालमा सर्वत्र छ । नेपालको भूभाग भारतले मिचेको छ । तर, भारतले भने नेपालको भूभाग नमिचेको दाबी गरेको छ । 

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको थियो । तर, भारत आफ्नो नक्साको जितमा अडिक रह्यो ।

‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा हेरफेर गरिएको छैन’ जवाफमा प्रवक्ता रविशकुमारले भने ।  

नेपालसँगको सीमा विवाद’bout दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने बताए । सीमा विवादको विषय दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ उनको भनाई छ । 

भारतको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ । यसको चर्को विरोध भएपछि नेवाल सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।