ग्रह दोष निवारण र रत्न

 

 

शनिको साढे सातको दशा, महादशा, र अन्तरदशाको दृष्टिको क्रुरतासँग भलै को परिचित छैन र ?

 

 

 

शुक्र

पौराणिक मतअनुसार शुक्र ग्रहलाई दैब्य एवं असुरको गुरु पुरोहितको रुपमा बर्णन गरिएको छ । सारा विश्वमा चाणक्य नीति बिदुर नीति भतृहरी नीति का साथै शुक्राचार्य प्रदक्त शुक्र नीतिलाई पनि आदरणीय स्थान प्राप्त छ ।

 

के विश्वास गरिन्छ भने कुण्डलीको दोश्रो भावमा रहेको शनिको कारण शुक्राचार्यले आफ्नो दाँया नेत्र गुमाउँनु परेको थियो ।

 

महामृत्युञ्जय मन्त्र लधु मृत्युञ्जय मन्त्रको साक्षात्कार शुक्राचार्यले नै गरेका हुन । अतः एकमात्र शुक्राचार्य मृत सञ्जिवनी बिधाको ज्ञाता थिए ।

 

असुर भाव हुनाको कारणले बिद्वान ज्ञानी परम नीतिज्ञ भएर पनि शुक्र कामी, भोगी, रसिक, वासना सौन्दर्य गुणद्वारा परिपुरित थिए ।

 

कुण्डलीमा शुक्रद्वारा ऐश्वर्य विलास भोग सुख, काम, रति सुख, स्त्री सुख, यौवन, सौन्दर्य आकर्षण, कला, चित्र, काव्य, नृत्य संगित, अभिनय, क्रीडा, गुप्ताङ्ग, वाहन, विवाह, बस्त्र, आभुषण सृंगार, सम्पति प्रसाधन, फुल, सुगन्ध, प्रेम प्रसंङ्ग र सम्मोहक ब्यक्तित्व जस्ता बिषयमा के कस्तो छ भन्ने हेरिन्छ ।

 

रत्न धारण

शुक्र भौतिक सम्पन्नता एंव ऐश्वर्यको ग्रह हो । आजको दुनियाँमा शुक्रलाई अधिक महत्वपुर्ण ग्रह मानिन्छ । शुक्रको उच्च राशि मिन हो । मुल त्रिकोण राशि तुला हो । बृष राशिमा स्वराशि हुन्छ भने कन्या राशिमा निच मानिन्छ ।

 

शुभ हुँदा यसले वर्तमान युग र भौतिक समाजको सम्पुर्ण सुख प्रदान गर्छ । अशुभ हुँदा विभिन्न रोग र दरिद्रता ल्याउँछ । अतः यसको उपाय गर्नको लागी एकदेखी डेढ रतिको हिरा धारण गर्नु राम्रो मानिन्छ ।

 

शुक्रको सामान्य उपाय

शुक्रबारको ब्रत बस्ने गर्ने, आफ्नो भोजनको केहि भाग गाईलाई खान दिने, हिरा वा सेतो जरकन साइली औलामा लगाउँने, गौदान गर्ने, चामल दान गर्ने, अरुको पालन पोषण गर्ने, सेतो स्वच्छ बस्त्र धारण गर्ने, र सुगन्धित पदार्थको प्रयोग गर्ने ।

 

शनि

शनि ग्रहको नामले नै ब्यक्ति प्रायः त्रसित हुन्छन । शनिको साढेसातको दशा, महादशा, अन्तरदशा दृष्टि क्रुरतासँग भलै को परिचित छैन र ?

 

शास्त्र र पुराणमा शनिको प्रभाव’bout विभिन्न प्रसंगको वर्णन गरिएको छ । शनि कुण्डलीको दोश्रो भावमा हुनाले दैत्यगुरु शुक्राचार्यले आफ्नो दाँया आँखा गुमाउँनु परेको प्रसङ्ग त माथि नै उल्लेख गरियो ।

 

शनि आठौ भावमा हुँदा राजा गरिशचन्द्रको अत्यन्तै कारुणिक दुर्गति भोग्नु पर्यो । बाह्रौ भावको शनिले पाण्डवलाई बनवास गरायो । प्रथम भावको शनिले भगवान श्रीरामसमेतले सिताको वियोग भुल्नु पर्यो ।

 

शनिको प्रभावले केहि क्षण भगवान शंकरलाई पनि एकांकी हुनु पर्यो । हनुमानद्वारा लंङ्का दहनको अवसरमा जब स्वर्ण लंका आगोले झन चम्किन थाल्यो त्यस पश्चात हनुमानजी इच्छाअनुसार शनिदेवले आफ्नो दृष्टिद्वारा समस्त लंकालाई डढाएर कालो पारिदियो ।

 

कुण्डलीमा शनिद्वारा जातकको जीवन, उपाय, आयु, मृत्युको कारण विघ्न बाधा रोग, भय, नाश, दुःख, जडत्व, शोक, आलस्य, पतन, दरिद्रता, वृद्दवस्था, लङ्गडो , झुठ, नपुंसक, दासत्व, स्नायु तंत्रमा समस्या, फलाम, शिसा, वायु प्रधान रोग, लकवा, बायु गोला, अपच, सुद्धाको रोग, र पिचास बाधा आदीमाथि विचार गरिन्छ ।

 

रत्न धारण

शनि भाग्य विधान हो । साथै दण्ड दिने पनि शनि नै हो । मकर एवं कुम्भ शनिको राशि हो । मेष राशिमा शनि निचको हुन्छ भने तुला राशिमा शनि उच्चको हुन्छ ।

 

शनिले रङ्कलाई राजा र राजालाई रङ्क बनाउँन सक्छ । शनि अशुभ भएमा अनेक अनेक समस्या उत्पन्न भई रहन्छ । अतः समय रहदै यसको उपाय गर्नु साथै रत्न धारणद्वारा अनुकुल बनाउँन सकिन्छ । यसको लागी पाँच रतिको निलम धारण गर्न सकिन्छ ।

 

शनिको सामान्य उपाय

शनिवारको ब्रत गर्ने ४३ दिन कागलाई रोटी खान दिने । शनिबार तोरी तेलमा आफ्नो छाया हेरी दान गर्ने । फलामको बस्तु, मासदाल दान गर्ने । फलामको दुई टुक्रा मध्ये एकलाई नदिमा बगाई अर्को जीवनभरी जतन गरी साथमा राख्ने । सर्पलाई दुध पिलाउँने । पिपलको जरामा तेल हाल्ने । निलम, जमुनिया साइली औंलामा लगाउँने ।

 

राहु

राहुलाई पुराणमा गरिएको बर्णनअनुसार दैत्यको चतुर सेनापति भनिएको छ । राहु एक धुर्त असुर हो । समुन्द्र मन्थनको बेला निस्किएको अमृतको कलश लिई भाग्ने राहु थिए।

 

र, पछी भगवान विष्णुले मोहिनी रुप धारण गरी राहुसँग कलश लिई देवलाई अमृत पान गराउँने दायित्व स्वयम लिएका थिए । उक्त छल राहुले थाहा पाई आफुले पनि भेष बदलेर देव रुप बनाई सोही पंक्तिमा गई उभिएर अमृत पान गरे । सूर्य चन्द्रले भेद पाई श्री नारायणलाई अवगत गराइ थाहा पाउँना साथ श्री हरिले सुदर्शन चक्र प्रहार गरी शिर काटि दिनु भयो ।

 

तथापी राहु मरेन किनकी उसले अमृत पान गरी सकेको थियो । त्यस बेलादेखी शिर्ष राहु भयो भने सोभन्दा मुनिको भाग केतु भयो । सूर्य चन्द्रद्वारा आफ्नो यो अवस्था भएकोले गर्दा राहु सदाको लागि सूर्य चन्द्रको शत्रु भयो ।

 

त्यसकारण राहुले गर्दा सूर्यग्रहण चन्द्रग्रहण योग बन्छ । तर, केतु त्यति प्रभावशाली भएन । जन्म कुण्डलीमा राहु जति शुभ भए पनि एक चौथाई दोष राखेकै हुन्छ । केतु राहुले समस्त ग्रहलाई घेराबन्दी गर्दा कालसर्प योग बन्छ।

 

र, यो योगलाई अति दुर्भाग्यशाली अनिष्ट योग मानिन्छ । बक्रगति भएको कारण यो उल्टो हिड्छ ।

 

आकस्मिक दुर्घटना, दुर्गम स्थामको यात्रा भ्रष्टाचार, पाप कर्म, चोरी, कठोर, जिद्दी, देश निश्काशन, धर्महिन, जुवा, छलकपट दुष्ट स्त्रीको समबन्ध, कुष्ठरोग, जेल, आत्महत्या, भकभक बोल्नु, र पाखण्ड जस्ता यावत निच कर्म यसले गराउँछ ।

 

रत्न धारण

राहु, मकर, कन्या, तुला राशिमा राम्रो मानिन्छ । यो मिथुन राशिमा उच्च्को हुन्छ । धनु राशिमा निचको हुन्छ । अतः यसको उपायको लागी पाँच रतिको गोमेद धारण गर्दा अनुकुल हुन्छ ।

 

राहुको सामान्य उपाय

संयुक्त परिवारमा बस्ने ससुरालीसँग सम्बन्ध नविगार्नु । रोपी राखेको जौलाई दुधले धोएर नदिमा बगाउँने । कोइला बगाउँने । मुला दान गर्ने । कन्यादान गर्ने । सरसयु र निलम दान गर्ने । मुसुरो दाल पैसा माग्नेलाई प्रातः दान गर्ने । तमबाकुको सेवन नगर्ने ।

 

केतु

केतु राहुको स्थानबाट सधै सातौ स्थानमा रहन्छ । केतु राहु जस्तो क्रुर हुँदैन निस्ठुर हुँदैन । त्यसो भएता पनि अशुभ त भई नै हाल्छ । यदी शुभ ग्रहको प्रभावमा रहेको छ भने । यसले ब्यक्तिलाई आध्यात्मबाद तर्क लाउँछ ।

 

घट्नामा आकस्मिक परिवर्तन केतुको प्रधान गुण हो । ज्योतिषशास्त्रमा केतुद्वारा शारिरिक एवं मानसिक मलिनता बन्धन दरिद्रता, बाल्यवस्थामा अनिष्ट आकस्मिक बाधा, संकट कष्ट, भोक, क्षयरोग मामा घरको हजुरवुवा हजुर आमा, तप, तन्त्र टोटका जादु आत्मज्ञान एव मोक्ष केतुद्वारा हेरिन्छ । दाद खाज खुजली लुत्तो, चेचक, घाउ खटिरा पिप विदेशी भाषा सम्पुर्ण बनेको कार्य ऐन मौकामा भताभुङ पर्ने गुण केतुमा हुन्छ ।

 

रत्न धारण

केतु धनुराशिमा उच्चको तथा मिथुन राशिमा निचको हुन्छ अतः यसको निराकरण हेतु पाँच रतिको लहसुनिया अवश्य धारण गर्ने ।

 

केतुको सामान्य उपाय

छेड्ने, कुकुर पाल्ने, कुकुरलाई रोटी खान दिने । नौ बर्ष मुनिको बच्चालाई खट्टा बस्तु खान दिने । कालो सेतो तिल बगाउँने कालो गाई दान गर्ने तिल कागति केरा दान गर्ने चरित्र कहिले खस्न नदिनु ।

 

[email protected]

977-9849428414