थप उपचार गर्न प्रधानमन्त्री अमेरिका जाने,चीन र भारतले पनि राखेका थिए प्रस्ताव

काठमाडौं । नेकपाको कार्यबाहक नेतृत्व र सरकारको कार्यभार जिम्मा दिने नेताको टुंगो लाउने’boutमा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना निकटस्थ र आलोचक नेताहरुसँग परामर्शमा जुटेका छन् । 

निकट भविष्यमा स्वास्थ्य उपचारका लागि लामै समय आफू विदेशमा बस्नुपर्ने सम्भावना देखिएपछि प्रधानमन्त्री ओलीले दल र सरकारको कार्यभार जिम्मा लाउन विश्वासिला नेताको चयन गर्न परामर्श थालेको बुझिएको छ ।

लामो अन्तरालपछि ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका छन् । नेपाल केही समय यता प्रधानमन्त्री ओलीसँग असन्तुष्ट देखिएका थिए । खासगरी नेकपाको संगठनभित्रका अवसरहरुमा आफू किनारामा धकेलिएको नेता नेपालको गुनासो रहँदै आएको देखिन्थ्यो ।

अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि ओलीको नियमित जस्तै कुराकानी भैरहेको बुझिएको छ । सरकारमा रहेका नेता उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्बाङ, नेता बामदेव गौतम र महान्यायाधिवक्ता अग्नी खरेलसँग पनि प्रधानमन्त्रीले यस’boutमा बिस्तारमै कुराकानी गरेको बालुवाटार सूत्रले बताएको छ ।

प्रधानमन्त्री ओली अध्यक्ष पुष्पकमल दाहाललाई सरकारको नेतृत्व सुम्पिहाल्ने मनस्थितिमा नरहेको बताईन्छ । स्वास्थ्य अवस्थाका कारण आफूले लामै विश्राम लिनुपरे पनि सरकारको नेतृत्व पूर्व एमालेकै विश्वासपात्र नेताको काँधमा सुम्पने ओलीको ईच्छा रहेको जानकार सूत्रहरु बताउँछन् । 

त्यसैगरी,पार्टीको कार्यबाहक अध्यक्षमा पनि उसैगरी अर्का कुनै विश्वासपात्रलाई जिम्मा लाएर दाहाललाई साविककै हैसियतको अध्यक्षमा थामी राख्ने रणनीति प्रधानमन्त्री ओलीको रहेको बताईन्छ । 

अर्कातिर, वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाएर कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने र दाहाललाई सरकारको जिम्मेवारी सुम्पने विकल्प पनि प्रधानमन्त्रीलाई सुझाईएको बुझिएको छ । तर दाहाललाई सरकारको नेतृत्व सुम्पने सुझाव ओलीले एक कानले सुनेर अर्को कानले उडाएका थिए । साथै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयको मन्त्री बनाएर बिष्णु रिमालको स्थानमा प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिने तयारी भएको बताईएको छ ।

यता, मिर्गाैला रोगसम्बन्धी थप उपचार गर्न प्रधानमन्त्री ओलीले अमेरिका जाने निर्णय गरेका छन् । यसको तयारीको लागि निजी चिकित्सक डा.दिव्या सिंह यसअघिका मेडिकल रिपोर्ट बोकेर अमेरिका उडिसकेकी छन । प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका सहित सहयोगीहरुको टिम पनि सँगै जाने तयारी भैरहेको बुझिएको छ । 

अर्को विश्वस्त सूत्रका अनुसार, चीन र भारतले उच्च तहबाटै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको ’boutमा चासो र चिन्ता जनाएका छन् । दुइ छिमेकले आवश्यक परे आ–आफ्ना देशमा थप स्वास्थ्य उपचारको प्रवन्ध गर्न समेत आफूहरु तयार रहेको जानकारी ओलीलाई गराएका थिए । तर ओलीले भने अमेरिका नै जाने निश्चित गरेका छन् । 

नेपाल भ्रमणमा रहँदा चीनका राष्ट्रपति सि र केही समयअघि नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था’bout चासो राख्दै त्यस्तो सुझाव दिएका बालुवाटार निकट सूत्रले बताएको छ ।- सरल पत्रिका…