आलमलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका पूर्व मन्त्री तथा कांग्रेस सांसद आफताब आलमलाई पूर्पक्षको लागि थुनामा राख्ने अदालतले आदेश दिएको छ । जिल्ला अदालत, रौतहटले शुक्रबार आलमलाई गौर कारागारमा थुनामा राख्न आदेश दिएको हो ।

१२्र वर्ष अगाडि भएको घटनाको बम विष्फोट, कत्र्तब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको हो । आलमले बम बिष्फोटमा घाईते भएका २३ जनालाई इटाभट्टामा हालेर जिउँदै जलाएको आरोप लागेको थियो ।

न्यायाधीश दीपक ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्य्विधि संहिता, २०७४ को ६७९१० ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत् कात्तिक १८ गते आलमसहित ११ जनामाथि सजायको माग दाबी लिई जिल्ला अदालत रौतहटमा मुद्दा दत्र्ता गरेको थियो । करीब दुई सातासम्म चलेको मुद्दाको थुनछेक बहस शुक्रबार सकिएको हो । न्यायधिश ढकालले प्रतिवादी आलम र वादी तर्फका श्रीनारायण सिंहलाई आ आफ्नो कुरा राख्न समय दिएका थिए । 

आलम गत् असोज २६ गते रौतहटबाटै पक्राउ गरेका थियो । घटनामा संलग्नमध्ये दश प्रतिवादी अझै फरार रहेका छन् । आलमले भने आफुमाथि लागेका आरोपको कुनै सत्यता नभएको बताउँदे आएका थिए ।

विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद ९बीस वर्ष० र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ।