जीवनमा अंकको महत्व-२


आज बर्णन गरेको अंकमा जन्मनु भएका ब्यक्तिले आफ्नो जीवनमा यसलाई अध्ययन मनन र आत्मासात गरेमा अवश्य पनि लाभ मिल्ने छ ।
गत साता मैले अंक ज्योतिष अन्तर्गत अंक दुईसम्मको ’boutमा पाठकलाई जानकारी दिएको थिए । उक्त अंक ज्योतिषलाई निरन्तरता दिदै आज थप अंकको ’boutमा जानकारी दिने प्रयास गदै छु ।
अंक ३ (तीन)
तीन अंक सबै अंकमा ज्यादा अनुकुल र श्रेष्ठ अंक मानिन्छ ’cause यो अंक एक र दुई अंकको योगले बन्ने तीन अंक हो । अतः एक र दुई अंकमा जो विशेषता हुन्छ, त्यो सबै विशेषता यो अंकमा पाउँन सकिन्छ । यो अंकको ब्यक्ति अत्यन्तै कर्मठ साहसी जुनसुकै कार्य गर्नमा सक्षम हुन्छन र दक्ष हुन्छन ।
यिनीहरुले आफ्नो विचार भावना कथनलाई जति सुन्दर र व्यवस्थित तरिकाले व्यक्त गर्न सक्छन अन्यले गर्न सक्दैनन । अगाडीको व्यक्तिलाई आफ्नो चतुरवाणीको माध्यमले आफ्नो पक्षमा गर्नु यिनको सबैभन्दा ठुलो बिशेषता मानिन्छ । कहिले चिन्नु न जान्नु अपरिचित ब्यक्तिलाई पनि क्षणभर मै आफ्नो पक्षमा गर्न धेरैबेर लाग्दैन ।
आर्थिक दृष्टीले यिनको जीवनमा बाधा हुन्छन तथापी आफ्नो प्रतिभा र परिश्रमले यिनले त्यो सबै लक्ष्य प्राप्त गर्छन, जो यिनले आफ्नो मनमा सोचेको हुन्छ । यस्तो ब्यक्ति जीवनमा सहजै निराश र हतास भई हाल्दैनन् । एकपटक जे निर्णय लिन्छन, त्यसमा दृढ रहन्छन । साथै जुन बाटोमा एकपटक अगाडी बढ्छन त्यसमा विलकुल विचलित हुँदैनन् ।
यिनको हात बढी खर्चिलो हुन्छ । शान सौकत ऐस आराम सजावट आदी कार्यमा धेरै व्यय गर्दछन । खर्चगर्दा पनि धेरै सोचेर खर्च गर्छन । यिनको महत्वकांक्षम उच्चकोटीको हुन्छ । सानो पद सानो कार्य सानो प्रमुख यिनलाई अनुकुल लाग्दैन । यिनले जुनसुकै जस्तोसुकै कार्य गर्दा पनि त्यसलाई ब्यापक रुप दिन चाहान्छन । साथै ब्यापक धरातल मै त्यस कार्यलाई सम्पन्न गर्ने विश्वास राख्दछन ।
कतिपय समय यस्तो पनि हुन्छ यिनको जो लक्ष्य छ त्यसलाई यिनिहरुले सहजै प्राप्त गर्छन कहिले काँही यिनिहरु निराश पनि हुन्छन तर, त्यो निराशा केहि क्षणको लागी मात्र हुन्छ । तुरुन्तै यिनिहरु दुई गुणा जोशको साथ पुन आफ्नो कार्यमा समर्पित भई हाल्छन । र, कार्य सम्पन्न पुर्ण नभएसम्म यिनीहरु शान्त रहदैनन ।
आकस्मिक उन्नति वा आकस्मिक द्रब्य लाभको ’boutमा हरक्षण सोची रहन्छन । यिनले बिस्तारै प्रगति गर्दछन । त्यो स्थायी र टिकाउ हुन्छ । परिवार र दाजुभाईबाट यिनलाई विशेष लाभ पाइदैन । यिनको उन्नति आफ्नो मेहनतले हुन्छ । आफ्नो मेहनतले प्रगति गर्दा पनि यिनिहरु आफ्नो आफ्नो दाजुभाई परिवारको सहायताको लागी सधै तत्पर रहन्छन ।
कतिपटक जीवनमा यिनले यस्तो कार्य गर्दछन जो स्वेच्छाचारी र निरंकुश देखिन्छन, जो यिनको व्यक्तित्वको अनुकुल हुँदैन । त्यसको कारण मित्रले पनि शत्रुवत ब्यवहार गर्छन । यिनको सबैभन्दा ठुलो बिशेषता हर समय कार्यमा डुबी रहन्छन । ब्यर्थ समय खर्च गर्नु यिनको रुची हुँदैन । यिनले अरुको कार्य सञ्चालनमा बाधा गर्दैनन र आफुलाई पनि कसैले बाधा हस्तक्षप गरेको बिलकुल पन पराउँदैनन । हृदयले यो ब्यक्ति उदार एवं सरल चित्तको हुन्छन ।
यिनलाई एक क्षण मै क्रोध आउछ र एकक्षण मै शान्त पनि भैहाल्छन । क्रोधमा पनि आफ्नो विवेक गुमाउदैनन । शत्रुलाई पनि मित्र बनाउँनु र अरुको विचारमाथि आफ्नो बिचारको प्रभावलाई हावी गराउनु विशेष गुण हुन्छ ।
मित्रबाट यिनलाई लाभ कम र यिनिहरुबाट मित्रले अधिक लाभ लिन्छन । सही अर्थमा यिनलाई मित्रता विचार गरी गर्नुपर्ने हुन्छ । तीनको अंक सेक्सको प्रतिक मानिन्छ । यो क्षेत्रमा यिनीहरु शिघ्र अगाडी बड्छन । तथापी यिनको प्रेम सम्बन्ध अधिक असफल हुन्छ । प्रेमको क्षेत्रमा यिनिहरु पुर्ण रुपले डुब्न सक्दैनन ।
यिनीहरुको गृहस्थ जीवन अनुकुल हुन्छ । पत्नी योग्य सुशिल एवं सदाचारी हुन्छन । पत्नीको सहयोगले गृहस्थ जीवन सुखमय बन्छ । बाल्य अवस्था कष्टमय भएपनि यौवनावस्थामा यिनले आफ्नो प्रयत्नले विपरित परिस्थितिलाई पनि अनुकुल बनाई दिन्छन जसले गर्दा यिनको बृद्ध अवस्था सन्तोषजनक हुन्छ ।
यिनको जीवनमा यात्रा पनि विशेष रहन्छ । यात्राको माध्यमले भाग्योदय हुन्छ जति धेरै यात्रा गर्छन सफलता त्यति बढी प्राप्त हुन्छ । समग्रमा भन्नुपर्दा जीवनमा पुर्णतः यश प्राप्त गर्छ्न । साथै आफ्नो जीवनमा कुनै एक क्षेत्र विशिष्ट कार्य गर्दै उन्नति गर्दै स्थायी किर्ति प्राप्त गर्न सफल हुन्छन ।
अंक ४ (चार)
चार अंकसंग सम्बन्धित ब्यक्तिको जीवन निरन्तर उथलपुथल एव अनिश्चितता रहन्छ । त्यसकारण यि ब्यक्ति आफ्नो जीवनलाई ब्यवस्थित गर्न बराबर संघर्ष गरी रहन्छन । तर, परिस्थिति यस प्रकार बन्छ कि उसको जीवन ब्यवस्थित हुँदाहुँदै पनि अव्यवस्थित बन्छ ।
उसको जीवन चाहे सानोभन्दा सानो होस वा ठुलोभन्दा ठुलो कार्य किन नहोस एकपटक बाँधा अड्चन नआई सम्पन्न हुनै सक्दैन । भाग्य उन्नतिमा पनि चार अंकलाई बाधा कारक मानिन्छ । यिनको जीवनमा पनि भाग्योदयको समय आउछ । तर, त्यो समय निकै कठिनाई बाधाको उप्रान्त मानै सम्भव हुन्छ ।
यस्तो ब्यक्ति धेरै क्रोध गर्दैनन तर, जब यिनिहरुमा क्रोध आउछ यिनिहरुले अगाडी पछाडी केहि पनि हेर्दैनन । यस अवस्थामा यिनिहरुले स्वयमलाई पनि निकैपटक हानी पुर्याउँछन । यिनको क्रोध चाडै शान्त हुन्छ, त्यस पश्चात निकै समय यिनलाई पश्चाताप भई रहन्छ ।
यिनिहरुको स्वभाव कमलो हुन्छ । त्यसो हुनाले अन्य ब्यक्ति नातेदार सम्बन्धीले यिनलाई सरल र सात्विक मान्दै यिनिहरुबाट लाभ उठाई रहन्छन् । यिनिहरुलाई यो वास्तविकता थाहा भएर पनि सहन गरेर भए पनि उनीहरुको कार्य गरी रहन्छन ।
आकस्मिक यिनको जीवनको विशेषता नै हुन्छ । जीवनमा जुन सुकै घट्ना पनि आकस्मिक रुपले नै घटित हुन्छ । यिनिहरु योजनावद्ध तरिकाले हिड्न खोज्छन तर, संयोग र घट्ना यस्तो भई दिन्छ कि योजना जस्ताको त्यस्तै रहिरहन्छ । तत्पश्चात आकस्मिक समस्याको अनुरुप योजना बनाई कार्य सम्पन्न गर्नुपर्ने हुन्छ ।
तर, बिचबिचमा उन्नतिको अवसर प्राप्त भई रहन्छ । तर, यिनले त्यो अवसरको कति पनि उपयोग गर्न सदैनन् । यिनको स्वभाव विचार र रीतिथीतिको ’boutमा निश्चित रुपले केहि भन्न सकिदैन ।
विहानदेखी एक योजना लिई हिड्छन साझसम्म त्यो योजनामा आमुल परिवर्तन गरिसकेका हुन्छन वा त्यस्तो आफै भैदिन्छ । त्यसकारण यिनको विरोधीले पनि यिनलाई बुझन सक्दैनन र विरोधी यहि विन्दु परास्त हुन्छन ।
यिनको हृदय उदार एंव सात्विक हुन्छ । यिनको मनमा कुनै प्रकारको ब्यवधान, कुतर्क, षड्यन्त्र, छल, धोखा, कपट केहि पनि हुँदैन । जे भन्नु छ अगाडीको ब्यक्तिलाई यिनिहरु मुखमै स्पष्ट भन्छन । मनमा भएको कुरा अगाडी भन्ने स्पष्टवक्ता हुन्छन । यिनको स्पष्ट स्वभावले गर्दा अगाडीको ब्यक्तिले अपमानित महशुस गर्छन ।
तर, यिनको हृदयमा अगाडीको ब्यक्तिलाई अपमानित गर्ने मनसाय हुँदैन । स्पष्ट बोल्नु भन्नु यिनको ब्यक्तित्व को बिशेषता हो । यिनिहरु कुनै पनि विषय कुरालाई मनैमा राख्न सक्ने यिनको खासियत हुन्छ । कसैको कुरा यिनले थाहा पाउँदा त्यो कुरा यिनको रहस्य नै बनिरहन्छ ।
यिनको शत्रु पनि प्रशस्त हुन्छन् । एक शत्रुलाई परास्तत गरे पुनः अर्को पाँच शत्रु जन्मिन्छन । अंक ४ को विशेषता शत्रु जति भएपनि यिनको अहित गर्न सक्दैनन । यिनलाई बिगार्न शत्रुले कुचक्र गरी रहन्छन । तर, यिनलाई बिगार्न सक्दैन बरु स्वयंम समाप्त हुन्छन ।
मित्र बनाउँने यिनमा बिशेष कला हुन्छ । तर, मित्रबाट यिनलाई विशेष लाभ प्राप्त हुँदैन । जसको लागी यिनले सब त्याग गर्छन त्यहि ब्यक्तिले यिनलाई धोखा दिन्छन । यसको अनुभव यिनले स्वयम गर्छन ।
यिनको जीवनमा जेजती हानी हुन्छ, त्यो शत्रुद्वारा नभई यिनको परिवार भित्रैबाट हुन्छ ।
शिघ्र निर्णय लिन यिनिहरु कमजोर हुन्छन । कुनै समस्या आउँदा पर्दा घण्टौ सोच्दा पनि सही निर्णय लिन सक्दैनन सो अवस्थामा मित्रले जस्तो सल्लाह दिन्छन यिनिहरु सोहीअनुसार कार्य गर्छन ।
समयसमयमा यिनिहरु उदास भई आफुलाई सबैबाट अलग महशुस गर्छन र जीवनमा म नितान्त एक्लो छु भन्ने ठान्दछन । यिनको अनावश्यक खर्च गर्ने स्वभाव हुँदैन । यद्दपी खर्च आयभन्दा बढी हुन्छ । आकस्मिक धन प्राप्तिको योग यिनलाई हुँदैन आफ्नो परिश्रमले नै यिनले जीवनमा प्रगति उन्नति र आर्थिक सम्पन्नता हुन सक्छन सदा जुवा, लटरीमा लाग्नु यिनको लागि नोक्सानदायी हुन्छ ।
ज्यादा फुर्किने र उत्ताउलो बानीले गर्दा कहिले काँही यिनिहरुबाट यस्तो कार्य हुन्छ जो यिनले गम्भिरताका साथ सोच्नुपर्दछ । गृहस्थ सामान्य सुख प्राप्त हुन्छ । अनुकुल नै हुन्छ तर, श्रीमतीको स्वास्थमा समस्या रहन सक्छ । यिनको आफ्नो हृदय सम्बन्धित समस्या उत्तरार्दमा देखिन सक्छ ।
त्यसकारण सावधानी अपनाउँन जरुरी छ । दाजुभाईसंग सम्बन्धीसंग कुनै विशेष लाभ यिनले प्राप्त गर्न सक्दैनन । यदी यिनले जीवनमा उन्नति गर्न चाहन्छन भने यिनले नाई भन्न सिक्नै पर्छ । समग्रमा उमेरको साथ साथै यिनको यश, सम्मान, धन र किर्ति पनि बढ्दै जानेछ ।
यस लेखमा मैले अंक तीन र चारको विषयमा विस्तारपुर्वक बर्णन गरेको छु । यि अंकमा जन्मनु भएका ब्यक्तिले आफ्नो जीवनमा यसलाई अध्ययन गरी आत्मासात गर्नु भएमा अवश्य पनि यहाँहरुलाई लाभ मिल्ने छ । साथै यहाँ हरुको जीवन आनन्द र सुखमय होस भन्ने महादेवसंग प्रार्थना गर्दै अन्य अंकको ’boutमा आगामी साता पुनः चर्चा गर्ने छु ।
977-9849428414

