आलमलाई रातारात नख्खु कारागार, आदेश दिने जिल्ला न्यायाधीश र वकालत गर्ने न्यायाधिवक्ताले शुक्रबार नै जिल्ला छाडे

काठमाडौं : आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे, आदेशलगत्तै शुक्रबार साँझ नै जिल्ला छाडेका छन् ।
नेपाली कांग्रेसका नेता अफताब आलमलाई रौतहटको गौरबाट रातारात ललितपुरस्थित नख्खु कारागार सारिएको छ । शुक्रबार जिल्ला अदालत अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएका राजपुर बम काण्डका अभियुक्त आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले शनिबार विहान ४ बजे नख्खु कारागार ल्याएको हो ।
राजपुर बम कान्डमा इटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप थियो । आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ ।
