प्रचण्डको ‘कार्यकारी अध्यक्ष’ बन्ने दाउ, यसकारण जुटेन ओलीसँग सहमति


काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरु अहिले मन्त्री बन्ने दौडमा छन् । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको छलफलले सहमति जुट्ज सकेन । 

स्रोतका अनुसार प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष बन्ने प्रस्ताव गरेका छन् । तर, ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष नदिने संकेत गरेपछि सोमबारको छलफलले पुर्णता पाउँन नसकेको बताइन्छ । 

मन्त्रीमण्डल हेरफेरको बिषयमा भने प्रचण्डले आफ्नो हात नभएको भन्दै मंगलबार बिहान समाचारहरुको खण्डन गर्दै विज्ञप्ती निकालेका छन् । अहिले प्रचण्ड एक कार्यक्रममा सहभागि हुन भैरहवा पुगेका छन् । प्रचण्ड भैरहवाबाट फर्केपछि मन्त्रीमण्डलको बिषयमा छलफल हुने बताइएको छ । 

ओली प्रचण्डबीचको छलफल पटक पटक असफल भैरहेको स्रोतको दावी छ । प्रचण्ड र ओली राजनीतिमा माहिर खेलाडि भएकाले उनीहरुबीचमा फालेको तुरुप असफल भएको स्रोतको दाबी छ । पार्टी एकताको बेलामा भएको समझदारीलाई कार्यान्वयनमा ल्याउन प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष मागेको बताइन्छ । तर, ओली अहिले त्यो पक्षमा छैनन् । 

स्रोतका अनुसार पूर्वमाओवादीबाट उद्योगमन्त्री मात्रिका यादव र कृषिमन्त्री चक्रपाणि खनाल, पूर्व एमालेबाट महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाउने पक्का छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री बिना मगर र युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको बिषयमा ओली प्रचण्डबीच सहमति जुट्न नसकेको बताइन्छ । 

मन्त्री हेरफेर’bout ठोस सहमति नभएपछि प्रचण्डले कार्यकारी अध्यक्ष र सभामुखको विषय प्रवेश गराएका थिए । सभामुखमा पूर्वमाओवादीबाट देव गुरुङ, अग्नि सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्तीमगरको पनि दाबी छ । 

यता, प्रचण्ड निकट मानीएका अग्नी सापकोटालाई सभामुख दिने या त्यसको सम्भावना भएका अन्य कुनै मन्त्रालयको जिम्म दिन पक्षमा प्रचण्ड छन् । त्यसको सबै कार्यकारी जिम्मा ओलीको हातमा भएकाले पूर्णतः ओली प्रचण्डबीच सहमति जुट्न नसकेको स्रोतको भनाई छ । 

दुई अध्यक्षबीचमा कुरा बाँझिएकै कारणले मन्त्रीमण्डल हेरफेर, पार्टी जिम्मेवारी र सभामुख तोक्न अझै समय लाग्ने देखिन्छ ।