२५ सदस्सीय मन्त्रीपरिषद् पुनर्गठन: कोको बने नयाँ मन्त्री (सूची सहित ), सपथग्रहण बिहीबार विहान

प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।बुधवार साँझ राष्ट्रपति कार्यालयमा पठाइएको सूचीमा केहीको जिम्मेवारी हेरफेर गरिएको छ भने प्रधानमन्त्रीले केही मन्त्रीलाई हटाएका छन्। केहीलाई नयाँ नियुक्त गरेका छन्।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नयाँ मन्त्रीहरुको नाम बुधवार साँझ राष्ट्रपति कार्यालय पठाइएको छ भने सपथग्रहण बिहीबार विहान राखिएको छ ।

स्रोतका अनुसार उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छ भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।

महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मोति दुगडको नाम प्रधानमन्त्रीले राष्ट्रपति समक्ष पठाएका छन् ।

प्रस्तावित मन्त्रीमा बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइने भएको छ । घनश्याम भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।

स्रोतका अनुसार ईश्वर पोखरेल, रामवहादुर थापा बादल, प्रदिप ज्ञवाली, वर्षमान पुन, गोकुल बस्कोटा र योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।लेखराज भट्ट,रामेश्वर राय यादव,विमला राई लगायत केहीको मन्त्रालय खुलेको छैन ।

स्रोतका अनुसार थप मन्त्रीहरुको हेरफेर सभामुख निर्वाचनका बेला पुन हुने छ ।

This image has an empty alt attribute; its file name is Mantri-list-1-1-593x1024.jpg
देखापढ़ी