लक्ष्मी पूजन विधी

 

 

यो संक्षिप्त पुजन बिधीद्वारा पुजा गरी भगवति महालक्ष्मीलाई साथै भागवान श्री गणेशलाई आफ्नो घरमा, आफ्नो जीवनमा, सदाको लागी स्थापित गरि, यसशवी जीवन प्राप्त गर्नु हुनेछ भन्ने मेरो प्रार्थना छ ।

 

 

हिन्दुले मनाउँने बर्षभरीका महान पर्वहरु मध्ये अति नै उल्लासको साथ मनाउँने पर्व दिपावली हो । भारतका कतिपय राज्य र ठूला शहरहरुमा त यस पर्वलाई दशैंभन्दा पनि उत्साहका साथ प्रमुख पर्वको रुपमा मनाइन्छ ।

 

तसर्थ, यो पर्वले विशेष स्थान पाएको छ । विजया दशमी र दिपावलीमा जसको पुजा गर्छौ, ति दुवै देवी नै हुन । अर्थात विजय दशमीमा भगवती नवदुर्गा भवानी हुन भने दिपावलीमा धन, यश, समृद्धिकी देवी नारायणी महालक्ष्मी हो ।

 

खासगरी यस पर्व महत्व किन पनि छ भने हाम्रो जीवनमा सबै कर्माणी अर्थयादी अर्थात जीवनलाई सुखी बनाउँन धन नभई हुँदैन । धन कि देवी लक्ष्मी भएकीले यिनको पुजा अपरिहार्य मानिन्छ । खासगरी ब्यापारको लागी लक्ष्मीको कृपा निश्चित र अनिवार्य मानिन्छ ।

 

त्यसकारण दिपावलीमा जस्तो सुकै जे सुकै घर पसल व्यापारिक स्थल कारखाना सबैले दिपावलीको दिन चोखो पवित्र भै नयाँ नयाँ बस्त्र धारण गरी आफ्नो गक्षेअनुसार आफ्नो स्थललाई सफा गरी रंग रोगन गरी झिलिमिली पारी पुजा अर्चना गरी लक्ष्मी भित्र्याउँने चलन रही आएको छ ।

 

यसै सन्दर्भमा यहाँहरुलाई हामी सबैलाई सहज सरल होस भन्ने उदेश्यले लक्ष्मी पुजाको पुर्ण बिधी प्रस्तुत गरेको छु । पुजा बिबरण यस प्रकार रहेको छ ।

 

सर्व प्रथम स्नान गरी शुध पहेलो वस्त्र धारण गरी, उत्तर दिशातर्फ मुख गरी आशनमा बस्ने र आफ्नो सामुन्ने चौकी, थालीमा पहेलो वस्त्र बिछ्याइ महालक्ष्मी, महा गणपतिको सुन्दर चित्र बिग्रह वा यन्ंत्र अष्ट दल कमल बनाई त्यसमाथि स्थापित गर्ने । र, पुजा प्रारम्भ गर्ने ।

 

लक्ष्मी पुजा मुहुर्त

प्रदोष कालः ५स्११ देखी १९स्५०

बृष्भ कालः ५स्४२ देखी ७स्३८

 

अवधी ९१ घण्टा ५५ मिनेट०

महानिशिता कालः ११स्२१ देखी १२स्१३

सिहं कालः १२स्११ देखी २स्२८

 

पवित्रीकरण

यस मन्त्र पढेर आफ्नोमाथी तथा सबै पुजन सामाग्रीमा पञ्चपात्रमा राखेको जल छरकेर पवित्रीकरण गर्ने ।

ॐ अपवित्र्स् पवित्रो व सर्वावस्ठां गतेपी वा ।

यस् स्मरेत पुण्डरिकाक्षं स बार्हाभ्यन्तरस् शुचिस् । ।

 

संकल्प

दाहिने हातमा जल लिएर निमन मन्त्र पढ्ने

ॐ विष्णु विषर्णु स् श्री मदभगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अध श्री ब्रहम्णोही दितिय पराद्रे शवेतवाराहकल्पे वेवस्वमन्वन्तरे जम्बु दिपे भारतवर्षे अस्मिन पवित्र क्षेत्रे कार्तिक मासे कृष्ण पक्षे चतुर्दशी तिथियां शुक्र वासरे अमुक गोत्रोत्पन्यो हं ९ आफ्नो गोत्र भन्ने ०, अमुख शर्माहं ९ आफ्नो नाम भन्ने ० यथा मिलितोपचारै स् श्री महालक्ष्मी प्रतित्यर्थे तदंगत्वेन गण्पती पुजन्ं च करिष्यै ।

 

गुरु पुजन

अगाडी गुरु चित्र स्थापित गर्ने तथा दुइटै हात जोडी निम्न मन्त्रको उच्चारण गर्ने ।

गुरुब्रह्मा गुरुविष्णु स् गुरुदेंवो महेशवर स् । ।

गुरु स् साक्षात परब्र्ह्मा तस्मै श्री गुरवे नमस् । ।

गुरु स् आवाहयामी स्थाप्यामी नमस्

पाधं स्नानं तिलकं पुष्पं धुपं

दिपं नैवेधं च स्मर्पयामी नमस् । ।

 

यस्तो बोलेर जल स्नान, तिलक, पुष्प, धुप, दिप र नैवेध आदी समर्पित गर्ने, फेरी दुईवटै हात जोडी प्रार्थना गर्ने ।

 

अज्ञानतिमीरान्धस्य ज्ञानाजन शलाकया ।

चक्षुरुन्मिलितं यन तस्मै श्री गुरवे नमस् । ।

 

गणपति पुजन

त्यस पश्चात दुबै हात जोडी भगवान गणपतिको ध्यान गर्ने ।

गजानन्ं भुत गण्धिसेवितं

कपित्थ ज्म्बुफल चारुभक्षणं ,

उमासुतं शोक विनाश कारकं स

नमामी विघनेशवर पादप्ंकजम । ।

ॐगणेशाय नमस् ध्यानं समर्पयामी । ।

भगवान गणपतिको आसनको लागी पुष्प समर्पित गर्ने । त्यस पश्चात पुर्ण विधि विधानसहित गणपति पुजन गर्ने । गणपति चित्र एवं महालक्ष्मी चित्रमा सुगन्धित माल्यार्पण गर्ने र लक्ष्मीको १०८ नामले प्राण प्रतिष्ठित “दिब्य महालक्ष्मी माला” लगाइ दिने ।

त्यस पश्चात अगाडी स्थापित “महा गणपति, महालक्ष्मी यंन्त्र को जलले स्नान गर्ने, फेरी पञ्चामृत स्नान गराउँने, र स्नान गर्ने बखत निम्न मन्ंत्र बोल्नेस्

पन्च नधस् सरस्वती मपियन्ती सरत्रातस्स् । ।

स्रस्वती तु पन्धा सोदेशेभवत सारीत । ।

त्यसपछि चन्दन, अक्षेता, फुल, माला, नैवेध आदी समर्पित गर्ने तथा धुप दिप बालेर देखाउँने ।

चन्दनं अक्षतान पुष्प मालां

नैवेध्ं च समर्पयामी नमस् ।

धुप्ं दिपं दर्शयामी नमस् । ।

त्यस पश्चात तीन चोटी मुख शुद्दीको लागी आचमन गराउँने सुकमेल र लौगं आदीले युक्त पान चढाउँने । फेरी दुबै हात जोडी प्रार्थना गर्ने ।

नमस्ते बहारुपाय विष्णुरुपाय ते नमस् ।

नमस्ते रुद्ररुपाय करिरुपाय ते नमस् । ।

विशवरुपस्वरुपाय नमस्ते ब्रह्माचारिणे ।

भक्तप्रियाय देवाय नमस्तुभयं विनायक ।

ॐ ग्ं गण्पतय नमस् ।

निर्विघ्नमस्तु । निर्विघ्नमस्तु । निर्विघ्नमस्तु ।

अनेन कृतेन पुज्नेन सिद्दी बृद्धी सहित्स् । ।

श्री भागवान गणाधिपतिस् प्रियन्ताम । ।

त्यसपछि दुबै हाथ जोडेर भगवति महालक्ष्मीको ध्यान गर्ने ।

ॐ अम्बेअम्बिके अमबालिके न मा नयती कशचन ।

सरस्तयशवकस् सुभ्दृकां काम्पिलवासिनिम । ।

श्री महालक्ष्म्यै नमस् ध्यानं समर्पयामी । ।

 

आहवान्

ध्यान पश्चात दुबै हातमा फुल लिएर भगवति लक्ष्मीको आहवान गर्ने तथा निम्न मन्त्र पढ्ने ।

महापध वनान्त्स्थे कारणानन्द्विग्रहे ।

सर्वभुतहिते मातरहोही परमेशवरि । ।

श्री महालक्ष्म्यै नमस् आवाहनं समर्पयामी । ।

 

महालक्ष्मी ध्यान

दुबै हात जोडेर मनमनै स्मरण गर्ने कि भगवति महालक्ष्मी आएर विराजमान हुनुहोस, प्राथना गर्ने ।

पदमासना पदमकरां पदममाला विभुषिताम ।

क्षीर सागर संभातां हेम्वर्ण सम्प्रभाम ।

भावेरए भक्तियोगेन भार्गवी कमलां शुभां ।

श्री महालक्ष्यै नमस् ध्यानं समर्पयामी । ।

 

आसन

आसनको लागी एक पुष्प अर्पित गर्ने ।

श्री महालक्ष्म्यै नम स् आसनं समर्पयामी नमस् । ।

 

पाध

पाधको लागी दुई आचमन जल चडाउँने

श्री महालक्ष्म्यै नमस् पाध्ं समर्पयामी । ।

अध्र्य आचमनियं स्नान च समर्प्यामी । ।

 

पञ्चामृत स्नान

पञ्चामृतले भगवति महालक्ष्मीको स्नान गराउँनु

मध्वाज्यशर्क रायुक्त्ं दधिक्षिरसम्न्वितम ।

प्ञ्चामृतं गृहाणेदं पंचास्यप्राण्वल्ल्भै ।

श्री महालक्ष्म्यै नमस् पंचामृत स्नानं समर्पयामी । ।

 

शुद्दोदक स्नान

त्यस पश्चात शुद्द जलले स्नान गराउँने ।

परमानन्द बोधाब्धी निमग्न निजमुर्त्ए । शुदोदकैस्तु

स्नानं कल्पायाम्यम्ब श्ंकरी । । श्री महालक्ष्म्यै नमस्

शुद्दोदक स्नानं समर्पयामी । ।

 

वस्त्र

वस्त्र समर्पित गर्ने ।

श्री महालक्ष्म्यै नमस्वस्त्रं समर्पयामी । ।

 

आभुषण

श्री महालक्ष्म्यै नमस् गन्धं समर्पयामी । ।

 

गन्ध

इत्र चढावें ९

श्री महालक्ष्म्यै नमः गन्धं समर्प्यामी । ।

 

अक्षत

श्री माहालक्ष्म्यै नमस् अक्षतान समर्पयामी । ।

 

पुष्प

श्री माहालक्ष्म्यै नमस् पुष्पाणी समर्पयामी । ।

त्यस पश्चात अक्षेता, चामल, तथा पुष्प मिलाएर निम्न मन्त्र उच्चारण गर्दै यन्त्रमा चडाउँने ।

ॐ चपलायै नमस् पादौ पुजयामी । ।

ॐ चन्चलायै नमस् जंर्धा पुजयामी । ।

ॐ कमलायै नमस् कटिं पुजयामी । ।

ॐ कात्यायन्यै नमस् नाभिं पुजायामी । ।

ॐ जगन्मात्रे नम स् जर्ठं पुजयामी । ।

ॐ विशववल्लभायै नम स् वक्ष्स् स्थलं पुज्यामी । ।

ॐ कमलवासिन्यै नमस् हस्तौ पुजयामी । ।

ॐ पधाननायै नमस् मुख्ं पुजयामी । ।

ॐ कमलपत्राखयै नमस् नेत्रत्रयं पुज्यामी । ।

ॐ श्रीयै नमस् शिर स् पुजयामी । ।

ॐ महलक्ष्म्यै नमस् सर्वाङ्ग पुज्यामी । ।

 

धुप

श्री महालक्ष्म्यै नमस् धुपं आध्रापयामी । ।

 

दिप

श्री महालक्ष्म्यै नमस् दिपं च दर्शचयामी । ।

 

नैवेध

नाना विधानी भक्ष्याणी

ब्यन्जनानी हरिप्रिये ।

यथेष्टं भुङक्ष्व नैवेध्ं

षडरसं च चतुर्विधम ।

श्री महालक्ष्म्यै नमस् नैवेध निवेदयामी । ।

नैवेध समर्पित गरी तीन चोटी जल आचमन गराउने । त्यस पश्चात जलले आफ्नो हात धुने । ल्वाङ र सुक्मेलयुक्त पान समर्पित गर्ने ।

श्री महालक्ष्मै नमस् ताम्बुल्ं समर्पयामी । ।

 

दक्षिणा

दक्षिणा द्रब्य समर्पित गर्ने ।

श्री महालक्ष्म्यै नमस् दक्षिणां समर्पयामी । ।

त्यस पश्चात निम्न मन्त्रको जप सम्पन्न गर्ने ।

ॐ श्रीं श्रीं महालक्ष्मी आगच्छ आगच्छ धन्ं देही देही ॐ

 

आरति

जल आरति

तीन चोटी आचमनीबाट जल लिएर दिपकको चारैतिर घुमाउने तथा निम्न मन्त्रको उच्चारण गर्ने ।

ॐ ह्मौस् शान्तिरन्तरिक्ष ९गुं० शन्ती स् पृथिवी शान्तिरापस् शान्ती रोषधयस् शान्तिस् । वनस्पतय स् शान्ती विरशवे देवास् शान्ती स् ब्रह्मा शान्ती स् सर्व ९ गुं० शान्तिस् शान्तिरेव शान्तिस् सा मा शान्तिरेधी । ।

 

पुषाञ्जली

दुबै हातमा पुष्प लिएर निम्न मन्त्रको उच्चारण गरेर चडाउँने ।

नना सुगन्ध पुष्पाणी यथा कालोदभ्वानी च ।

पुष्पान्जलिमर्या दत्ता गृहण जगदम्बिके । ।

श्री महालक्ष्म्यै नमस् पुष्पांजली समर्प्यामी । ।

 

समर्पण

त्यस पश्चात निम्न समर्पण मन्त्रको उच्चारण गर्दै पुजा समर्पण गर्ने ।

ॐ तत्सत ब्रह्मापार्ण्मस्तु,

अनेन कृतेन पुजाराधन कर्मणा ।

श्री महालक्ष्मी देवता परास्ंवित्

स्वरुपिणी प्रीयनताम । ।

 

एक आचमनी जल दाइने हातमा लिइ आफुले गरेको पुजामा पुर्णता प्राप्त होस भन्ने भावनाले प्रार्थना गरी, उक्त जल भुमीमा छोड्ने । अन्तमा प्रसाद परिवारको सम्पुर्ण सदस्यमा बितरण गरी आफु स्वयम पनि ग्रहण गर्ने । यो संक्षिप्त पुजन बिधीद्वारा पुजा गरी भगवति महालक्ष्मीलाई साथै भागवान श्री गणेशलाई आफ्नो घरमा, आफ्नो जीवनमा, सदाको लागी स्थापित गरि, यसशवी जीवन प्राप्त गर्नु हुनेछ भन्ने मेरो यही प्रार्थना छ । र यस बर्ष यहाँहरु सुखद रहोस यही मेरो शुभकामना छ ।

 

[email protected]

977-9849428414