प्रधानमन्त्री ओलीसँग यादव रुष्ट, सरकार छाड्ने तयारी

काठमाडौँ । मन्त्रिपरिषद् पुर्नगठनमा असतुष्टि जनाउँदै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने तयारी गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि उनी रुष्ट भएका हुन् । यादव भारत भ्रमणमा रहेकै बेलामा उनको जिम्मेवारी फेरवदल भएको हो । यादव र ओलीबिच यसअघिका दिनमा समेत सम्बन्ध चिसिएको थियो । ओली र यादवबीच बोलचाल समेत बन्द रहेको स्रोत बताउँछ । 

नयाँदिल्लीबाटै असतुष्टि जनाउँदै यादवले सरकार छाड्ने तयारी गरिरहेको स्रोतको दाबी छ । मन्त्रीपरिषद पुर्नगठनमा यादवसहित उनको पार्टीलाई अपमानित गरेको भन्दै उनी रुष्ट भएका हुन् । 

उपप्रधानमान्त्री यादव निकटका समाजवादी पार्टीका महासचिव रामसहाय यादवले अब सरकारमा बस्न नैतिक संकट भएको दाबी गर्छन् । यादव शुक्रवार साँझसम्म दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ । 

यादव फर्किएलगत्तै यादवले सरकार छाड्ने निर्णय हुनसक्ने उनले जनाए । यादवले उत्तैवाट पनि सरकार छाडेको घोषणा गर्न सक्ने उनको भनाई छ । नेपालमा मन्त्रीमण्डल पुनर्गठन भैरहेको बेलामा यादव नयाँदिल्लीमा उच्च स्तरीय राजनीतिक भेटघाटमा व्यस्त थिए । 

ओली र यादवबीच पुहिल्यैदेखि असमझदारी सिर्जना हुदै आइएको थिए । स्रोतका अनुसार ओलीले यादवलाई सरकार छाड्न दवाव समेत दिएको बताइन्छ ।