वडाध्यक्षको गाडीमा बम विष्फोट

वडाध्यक्ष आचार्यको क्षतिग्रस्त गाडी पोखरा महानगरपालिका वडा नंं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित घरमा पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहद्वारा आज बिहान २.०० बजे गरिएको विष्फोटनबाट क्षतिग्रस्त गाडी । तस्वीर : हरि बाँस्तोला(रासस)

पोखरा, ९ मङ्सिर : अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताउनुभयो । घटना’bout अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो । (रासस)