प्रधानमन्त्री अस्पतालमा, एपेण्डिसाईट अपरेशन गरिने

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली फेरि अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गर्नुपरेको बुझिएको छ । उनलाई एपेण्डिसाईट भएको बताईएको छ ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि आज बिहान महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका हुन् । बिहान अस्पताल पुगेका ओलीलाई चिकित्सकहरुले अस्पतालमै भर्ना हुन सुझाव दिएपछि उनलाई भर्ना गरिएको बुझिएको छ ।
यसअघि प्रधानमन्त्री ओली ८ मंसीरमा स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डि अस्पताल बसेका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस हुँदैआएको छ । ओली अहिलेसम्म चारपटक डायलासिस भैसकेको छ ।