पूँजीवाद: कविता

पूँजीवाद

किशोर त किशोर भयो
बृद्धले समेत होस गुमायो
चाहे अबोध शिशु हुन
चाहे असक्त बृद्धा माता
समाज यतिसम्म मति भ्रष्ट भयो कि
हाडनाताको सम्बन्ध पनि हरायो ।

पुरुषत्व भएको मानव
ह्रिंसक दानव बन्न थाल्यो
आफ्नो प्यास मेटाउन
स्त्रीत्व भएको लाशमा समेत
चरम सुखको अनुभूति लिन थाल्यो

ए नारी जगत
ब्यर्थ सडकमा किन कुर्लन्छौ ?
यहाँ त पूँजीवाद छ
पूँजीवादमा त अस्मिता लुटिने क्रम चलिरहन्छ ।

 

न्यायको भिख माग्न पनि किन हतारिन्छ्यौ?
केवल धर्य गर
’cause,
तिम्रो अस्मिता लुट्ने
अपराधि पत्ता लाग्न
बाह्र वर्षसम्म लाग्न सक्छ ।

सिनामंगल २०७५/६/१८