ग्रह दोष निवारण र रत्न

ज्योतिषशास्त्रअनुसार बृहस्पतिलाई काल पुरुषको ज्ञान र सुख मानिएको छ । जसरी सुर्यलाई राजा मंगललाई सेनापतिको मानिन्छ, त्यसैगरि बृहस्पतिलाई प्रधानमन्त्री मानिन्छ ।

 

 

 

 

सुर्यको उपाय

सुर्य ब्रह्मांडको केन्द्रीय शक्ति हो । सम्पुर्ण सृष्टिको गतिदाता हो । जगतलाई प्रकाश, ज्ञान, उर्जा, उस्मा एवं  जीवन शक्ति प्रदान गर्ने ग्रह हो । वेद एवं पुराणमा पनि सुर्यको यसै महत्वलाई अभिव्यक्त गरी आयु, बुद्धी, ज्ञान, बिधा आरोग्य, राज्य, पद, जीवन  शक्ति कर्म अधिकार महत्वकांक्षा सार्मथ्य, वैभव, यश, उग्रता, उत्तेजना, रुची, अस्थिसिर, उदर, एवं शरिर रचना नेत्र पिता तथा आत्मज्ञान आदिको विचार गरिन्छ ।

 

रत्न धारणः सुर्यको आफ्नो  राशि सिंह हो । उत्त  राशि मेषमा उच्च्को र तुला मा निच को हुन्छ उच्च्को सुर्यले आधिक राम्रो फल दिन्छ स्व राशि हुंदा पुर्ण सफलता प्रदान गर्छ तर निचको भएमा यसलाई हानिकारक मानिन्छ । यदी तपाई को कुण्डली मा सुर्य स्थिति निच  राशिमा छ वा अशुभ भावमा छ भने तपाईले पाँच  रत्तिको सुर्य रत्न माणिक्य धारण गर्दा अनुकुल हुन्छ ।

 

सूर्यको सामान्य उपायः प्रत्येक कार्य गर्दा गुलियो खाई वा पानी पिएर गर्ने, नदिमा गुण र तामा वा तामाको सिक्का बगाउने  । आइतवारको ब्रत गर्ने तामा वा गहु (वा दुबै) दान गर्ने । माणिक्य साइली औलामा लगाउँने, तामाको दुई टुक्रा लिने एक टुक्रा नदिमा बगाउँने अर्को टुक्रा जीवनभर साथमा राख्ने । घरको द्वार पुर्वमा राख्ने ।

 

चन्द्रमाको उपाय

चन्द्रमा एक प्राशक र सौम्य ग्रह हो । यधपी आधुनिक विज्ञानअनुसार चन्द्रमा पृथ्वीको उपग्रह हो । तथापी यो सौरमण्डलको सदस्य हो । साथै पृथ्वीको निकट भएको कारण पृथ्वी र पृथ्वीमा वास गर्नेलाई अत्यधिक प्रभावित गर्दछ ।

 

अतः ज्योतिषशास्त्रले यसलाई एक स्वतन्त्र ग्रहको रुपमा मान्यता दिएको छ । साथै के पनि हो भने चन्द्रमाको प्रकाश यसको आफ्नो होइन । अपितु सूर्यद्वारा प्रकाशमान हुन्छ । त्यसकारण यसलाई कालपुरुषको आत्मा नमानी मन मानिएको छ । पन्ध्रकलाद्वारा पुर्ण हुनुको कारण रुप र कला चन्द्रमा कै गुण हो । कला, रुप, प्रेम आदीको सम्बन्ध यसै पनि मनसँगै हुन्छ । अतः चन्द्रमालाई  यसको स्वामी मानिन्छ ।

 

चन्द्रमाद्वारा जनमांकमा जातकको आमा, सौन्दर्य रुप, मन, बुद्धी मानसिक भाव, एव स्थिति आमाको दुध, जल पदार्थ, सुगंध, मासिकस्राव, आलस्य, कफ, सर्दी, मिर्गी र हिस्टिरिया आदी रोग पापको पुर्ण विचार, दया, कोमलता रसिक्ता, नर्स, औषधी विक्रेता, सिचाई, आश्रु, प्रेस प्रकाशन, रसपुर्ण पदार्थको ब्यापार अथवा पुष्पगंध आदी सम्बन्धित ब्यापार बनस्पतीशास्त्र, दुग्धशाला, आयत निर्यात, उचाई रक्तशुधता, गर्भ, बाम, नेत्र, प्रदररोग, पाण्डुरोग चिन्ता यौनरोग क्षयरोग, कला, संगित आदी विचार गरिन्छ ।

 

रत्न धारणः चन्द्रमा एक राशिमा दुई दिन रहन्छ । यसको गति अन्य सबै ग्रहभन्दा तेज र चञ्चल हुन्छ । यसको एव  राशि कर्क र बृष यसको उच्च  राशि हो । तर, बृश्चिक  राशि यसको निच  राशि हो । निचमा    हुँदा यसले कुफल दिन्छ । यदी चन्द्रमा तपाईको कुण्डलीमा अशुभ भावमा छ भने तपाईले चन्द्र रत्न मोति पाँच  रत्तिको धारण गर्दा अनुकुल हुन्छ । चन्द्रमाको सामान्य उपाय बुजुर्गको गोडा ढोगी आशिर्वाद लिने दुध वा पानीको भाडा राति सिरानमा राखी सुत्ने बिहान शुभबृक्षमा हाल्ने सोमबार ब्रत बस्ने ।

 

सुत्ने खाटको चार खुट्टामा चांदीको किल्ला ठोक्ने । मोती चोर औलामा लगाउँने चाँदीको दुई टुक्रा लिई एक टुक्रा नदिमा बगाउँने एक टुक्रा जीवनभर साथमा राख्ने ।

 

मंगलको उपाय

मंगलः पौराणिक सन्दर्भ एवं धर्मशास्त्रमा मंगललाई सेनापतिको गौरब प्राप्त छ । आधुनिक बिज्ञानले पनि मंगललाई रातो र तातो भनेर ब्याख्या गरेको छ । ज्योतिष शास्त्रअनुसार पनि मंगल तेजस्वी, प्रचण्ड, उग्र, एव क्रुर ग्रह भनिएको छ । यसले मनुष्यमा हिंसा, पशुत्व, युद्द, पराक्रम, साहस  शक्ति, संधर्ष र आतंक आदीको प्रतिनिधित्व गर्दछ । यसलाई काल पुरुषको पराक्रम र सत्व भनिएको छ ।

 

यसलाई अत्यधिक क्रियात्मक तथा तामसिक ग्रह मानिएको छ । यसको रंग रक्त बर्ण, कपाल चम्किलो र घुम्रेको, कद लामो दृढ कमर पातलो, प्रकृति तमोगुण दृष्टि क्रुर हिंसक भएपनि उद्दार रस युक्त तत्व अग्नी, लिंगः पुरुष, जातीः क्षेत्री, अवस्थाः तरुण, ऋतु ःग्रीस्म, दिशाः दक्षिण, रतिक्रियामाः चंचल तथा काभी रात्रीमा बली शरिरको मज्जा भाग र अरथिमा यसको अधिकार हुन्छ । आफ्नो बार तथा आफ्नो होरामा विशेष बली हुन्छ । यो एक अगनेय क्रुर तथा पापी ग्रह हो । शुभ भाग्योदय मंगलले जातकलाई सेना, पुलिस, गुप्तचर बिधुतीय बिभागमा अधिकारी तथा प्राथमिक योग्यतामा दक्ष बनाउँछ ।

 

यदी मंगल पाप प्रभावमा छ भने यसले जातकलाई पशुबत आचरण प्रदान गर्छ । हिंसा अज्ञान क्रोध आवेश क्रुरता तथा पाप कर्मतर्फ अग्रसरता प्रदान गर्छ । दुषित अवस्थाको मंगलले जातकलाई अपराधी, तस्कर, दुष्ट, कुकर्मी र हत्यारा बनाउँद छ । ऋणी तथा पुत्रहिन बनाउँछ ।

 

रत्न धारणः मंगलको स्व  राशि मेष तथा बृश्चिक हो । मकर राशिमा उच्चको हुन्छ भने शुभफल प्रदान गर्छ । यदी कर्क राशिमा हुँदा निचको हुन्छ भने प्रताडित गर्दछ । यदी तपाईको कुण्डलीमा मंगल निचको छ भने यसको निवारणार्थ  कमसेकम पाँच  रत्तिको मुँगा धारण गर्नुपर्छ ।

 

मंगलको सामान्य उपायः मंगलको सामान्य उपाय पनि गर्नुपर्छ । मुँगा साइली औंलामा लगाउँने नदिमा रेवडी, बताशा, मह र सिन्दुर बगाउँने । मसुरोको दाल, मिठाई, मिठो भोजन दान गर्ने । रातो पत्थरको दुई टुकडा लिई एक नदिमा बगाउँने एक जीवन भरी साथ राख्ने ।

 

बुधको उपाय

बुधः पौराणिक दृष्टिको मतअनुसार बुध ग्रहलाई चन्द्रमाको पुत्र भनिन्छ । ज्योतिषीय दृष्टिले सौभ्यता एवं पौरुषको अभाव समानता एवं बुद्ध यि गुण यि मा हुन्छ । किनकी चन्द्रमा स्त्रीग्रह हो भने बुद्ध नपुंसक हो । तथा दुबै सौम्य हो ज्योतिष शास्त्रअनुसार बुधलाई काल पुरुषको बाणी मानिएको  छ । अतः बाणी बुद्धी चातुर्य स्नायुतन्ंत्रमा यसको विषेश प्रभाव हुन्छ । तथा यसलाई बैश्य जातिको मानिन्छ । त्यस कारण यसलाई ब्यापार बाणिज्यको कारण ग्रहको रुपमा हेरिन्छ । बुद्धको विशेष गुण सुर्य जस्तो परम तेजस्वी ग्रहसँग साथै हुँदा पनि यो सुर्यबाट निस्प्रभावी हुँदैन बरु ( राजयोग ) बुधादित्य योगको निर्माण गर्छ । जसलाई फलित ज्योतिषमा विशेष महत्वको साथ हेरिन्छ । राहुको दोषलाई पनि बुद्धले शमन गर्दछ । यधपी शुक्रद्वारा यो पराजित हुन्छ । यस्तै ज्योतिषशास्त्रको मान्यता रहेको छ ।

 

रत्न धारणः बुद्धको आफ्नो  राशि मिथुन तथा कन्या हो । यो कन्या  राशिमा उच्च भई फल दिन्छ । तथा मिन  राशिमा निचको भएमा अशुभ फल दिन्छ । ३० देखी ३५ बर्षको आयुमा यसले विशेष फल प्रदान गर्छ । बुध ग्रहको रत्न पन्ना हो । अतः यसको शान्तीको लागी पन्ना रत्न पाँच  रत्तिको धारण गर्दा अनुकुल हुन्छ ।

 

बुधको सामान्य उपायः बुधबारको ब्रत गर्ने, हिजडालाई हरियो बस्त्र हरियो चुरा दान गर्ने, दिदी बहिनी, छोरी, सानिआमा, फुपु सालीको आशिर्बाद लिने पन्ना रत्न धारण गर्ने । तामाको पत्रमा पुजा गरी नदिमा बगाउँने । गेडा मुगं दाल नदिमा बगाउँने ।

 

बृहस्पतिको उपाय

बृहस्पतिः बृहस्पति सौर्मण्डलको सबैभन्दा बिशाल ग्रह हुनुको साथै सबैभन्दा शुभ ग्रह मानिन्छ । पौराणिक दृष्टि र धर्मशास्त्रअनुसार यसलाई देवताको गुरु तथा पुरोहित मानिएको छ । ब्रहमाको पुत्र भनिएको छ । नीतिशास्त्र, ज्ञान तथा पवित्र बिधामा बृहस्पति पुर्ण अधिकार छ भनिन्छ । ज्योतिषशास्त्रअनुसार बृहस्पतिलाई काल पुरुषको ज्ञान र सुख मानिएको छ ।

 

जुन प्रकार सुर्यलाई राजा मंगललाई सेनापतिको पद प्राप्त छ, त्यसै प्रकार बृहस्पतिलाई प्रधानमन्त्रीको पद प्राप्त छ । कुण्डलीमा बृहस्पतिद्वारा शरिर पृष्टि भेदबृद्धी, बेद, शास्त्र अध्ययन, ज्ञान, भाग्य, राज्य सम्मान, शिक्षा, बिधा, तप धर्म, दान, प्रज्ञा, दिक्षा, गुरु, धर्म, मंगलिक कार्य, सदगुण, श्रद्दा, आचार्य, प्रवचन, मंन्त्री न्यायधीश, वकिल, तर्कशास्त्र, न्यायशास्त्र दर्शनशास्त्र ब्याकरण लेखनमा अधिकार हुने छ ।

 

रत्न धारणः बृहस्पतीको स्व राशि धनु तथा मिन हो । कर्क  राशि यो उच्चको हुन्छ तथा मकर राशिमा निचको हुन्छ । निचमा बसेर पनि यसले पुर्ण निचको फल दिदैन । अतः यसको उपाय गर्न पाँच  रत्तिको पुखराज धारण गर्दा शुभ फल प्राप्त गर्न सकिन्छ ।  क्रमश:

 

[email protected]

977-9849428414