प्रधानमन्त्रीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको कामना दिन सकिने
काठमाडौँ, १४ मङ्सिर : एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ ।
प्रधानमन्त्री ओलीलाई केपी शर्मा ओली डटकमडटएनपी kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेवसाइटबाट स्वास्थ्यलाभको कामना गर्नसक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । धेरैले प्रधानमन्त्रीको स्वास्थ्य’bout चासो राखेको र भेट्न चाहेकाले वेवसाइटमार्फत आफ्ना भावना प्रकट गर्न सकिने व्यवस्था गरिएको हो ।
प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो पहिलो प्रयोग हो । यसअघिका कुनैपनि प्रधानमन्त्रीको ९बिरामी भएको अवस्थामा० स्वास्थ्य’bout वेवसाइटबाट स्वास्थ्यलाभको शुभकामना दिने व्यवस्था थिएन ।
प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । हाल उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालले विभिन्न समयमा विज्ञप्ति निकालेर जानकारी गराउँदै आएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो हँुदै गएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।(रासस)