मुटुको व्यथा

डा. राजेन्द्र कोजु

मुटुको व्यथा

 

 

उ प्रेम गर्छ, म ढक ढक गर्छु

र उ भन्छ “किन बढ्दै छ ढुक ढुकी मुटुको”

उ परिक्ष्या देखि तर्सिन्छ, म छिटछिटो चल्छु

र उ खोज्छ “परिक्ष्या देखि नै भाग्न”

उसले गालि खान्छ, मेरो गति बढ्छ

र उ रिस पोख्छ जो कसै माथि

उ कुनै काम मा सफल हुन्छ, म उफ्रिन्छु

र उ भन्छ “ओ माईगड, आइ दीड इट”

यस्तै कति क्षणहरुमा मेरो धड्कन बढ्छ

मलाइ ठिकै लाग्छ, यो मेरो काम हो

तर

उ रक्सी खान्छ, मलाइ भारी पर्छ

उ चुरोट खान्छ, मेरो धमनी साघुरिन्छ

उ चिल्लो, गुलियो, नुनिलो धेरै खान्छ, मलाइ खराब असर पर्छ

उ उच्च रक्तचाप, चिनीको रोगको औषधि खादैन, मलाइ गाह्रो हुन्छ

उ ब्यायाम गर्दैन, मोटाउछ, मलाइ अप्ठेरो पर्छ

यी सबै उसका हरकत ले मलाइ रोग लाग्छ, उ म बिरामी भए भन्छ

अब भन्नुस, म बिरामी हुनुमा

उसको दोष कि मेरो?

 

( विश्व मुटु दिवसको सन्दर्भमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डिन राजेन्द्र कोजुले लेख्नुभएको कविता )

 

यो पनि पढ्नुहोस 

विश्व मुटु दिवसमा मेरो मुटु, तिम्रो मुटु !

 

हृदयाघात मा गरिने PCI वा रक्तनलीमा राखिने जाली ’bout छोटो जानकारी।