तेह्रौँ साग : २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

स्वर्णपदक प्राप्त नेपाली खेलाडी तेह्राँै दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त नेपाली खेलाडी । तस्वीर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, १८ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ ।

यस्तै भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य गरी कुल ५४ पदकसहित दोस्रो स्थानमा छ ।

पाकिस्तान आठ स्वर्ण, १५ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का सात स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, सात रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा
भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ ।

नेपालले आज ट्रायथलन, तेक्वान्दो र करातेमा दुई-दुई स्वर्ण पदक जितेको हो । – (रासस)

अनुपमालाई स्वर्ण पदक तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त नेपालकी अनुपमा मगर । तस्वीर : रत्न श्रेष्ठ/रासस

पदक तालिका :