१३ औं साग : पुरुष फुटबलमा नेपाललाइ स्वर्ण पदक

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गगलबार दशरथ रङ्गशालामा भएको नेपाल र भुटानबीचको फाइनल फुटबल खेलमा गोल गर्दै नेपाली खेलाडी । तस्वीर : रासस

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो।

नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए। खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे। सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो ।