फोकस नेपाल बाट भ्रमण वर्षको उपलक्ष्यमा गोष्ठी र सम्मान आयोजना

मिति २०७६/०९/१८ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी , काठमाडौमा फोकस नेपाल संस्थाद्वारा आयोजित ‘नेपाल भ्रमण बर्ष 2020 , चुनौती र अवसरहरु ‘ बिषयक बिचार गोष्टी सम्मान प्रदान तथा विशेष संास्कृतिक समारोहबाट रिड नेपाल (Reed Nepal) का प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer ) भिम बहादुर बोगटी लाई सम्मानित गरिएको छ।
उहाँ रिड नेपालको संस्थापक सदस्य भै हाल प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुन्छ। उहाँलाई ग्रामीण शैक्षिक बाताबरण बिकासमा ठुलो योग्दान गरेबापत सम्मानित गरिएको छ्।
उक्त कार्यक्रम प्रमुख अतिथीको रुपमा भुतपुर्व प्रधानन्यायाधीस तथा मन्त्री परिषद का अध्यक्ष खिलराज रेग्मी , उधोग वाणिज्य महासघका अध्यक्ष किशोर प्रधान , भुतपुर्व मन्त्री आनन्द पोखरेल तथा विभिन्न समाजसेवि, कलाकर्मी तथा बुद्धिजीवीहरु को उपस्थिति थियो।
