ह्यारी दम्पतीले त्यागे राजपरिवारको वरिष्ठ सदस्य


लण्डन । बेलायतका राजकुमार ह्यारी दम्पतीले आफूहरु वरिष्ठ शाही पदवीबाट पछाडि हट्ने घोषणा गरेका छन्। 

उनीहरुले आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुन चाहेकोसमेत उल्लेख गरेका छन् ।  बुधबार एक वक्तव्य जारी गरी ड्युक एण्ड डचेस अफ ससेक्ससमेत भनिने ह्यारी र मेघनले सो कुरा जनाएका हुन् । 

उनीहरुले आफ्नो समय बेलायत र उत्तर अमेरिकाको बीचमा बिताउन चाहेकोसमेत उल्लेख गरेका छन् । 

उनले वक्तव्य जारी गर्नुअघि आफ्ना दाजु राजकुमार विलियम, महारानी वा बकिङ्घम प्यालेस कसैसँग पनि कुरा नगरेको जनाइएको छ । 

त्यसैले बकिङ्घम प्यालेस निराश भएको जनाइएको छ ।  

‘सिनियर रोयल्स’ लाई सो वक्तव्यले चोट पुर्याएको जनाइएको छ । 

बुधबार ह्यारी दम्पतीको अचानकको घोषणा उनीहरुको इन्स्ट्राग्राममा पनि पोस्ट गरिएको थियो । 

वक्तव्यको मतलब हो उनीहरु शाही परिवारबाट अलग हुन चाहन्छन् । उनीहरुले महारानीलाई भने आफूहरुको निरन्तर समर्थन रहने जनाएका छन् । 

उनीहरुले वक्तव्यमा बस्न चाहेको स्थानको ’boutमा भनेका छन्, “यो भौगोलिक सन्तुलनले हामीलाई आफ्नो छोरोको शाही तौर तरिकाका साथ जसमा उनको जन्म भएको थियो लालन पालनमा मद्धत पुग्नेछ । यहाँ हामीलाई स्पेस पनि मिल्नेछ । त्यसमा हामी जीवनको नयाँ अध्यायमा केन्द्रित हुन सक्नेछौं । आफ्नो च्यारिटेबल संस्थाको लन्च गर्ने मौका मिल्नेछ ।”

उनको यो घोषणालाई बेलायती राजपरिवारले कसरी सहन सक्छ त्यो अहिले अनुमान गर्न नसकिएको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।  (बीबीसी तथा एजेन्सी)बाह्रखरी