जुन

थाहा छ जुन मलाई
त पनि तेरो उनको यादमा
हररात म जसरीनै रुने गर्छस्
अनि भिजाउछस् सारा दुनियालाई

थाहा छ जुन मलाई
तड्पिएरै बितेका छन् तेरा पनि
हर रातहरू मेरै जसरी
तर पनि सुनाउदैनस् पिडा कसैलाई

थाहा छ जुन मलाई
त आफ्नो अनुहार
देखाउदै लुकाउदै देखाउदै लुकाउदै
हेर्ने गर्छस् तेरी उनिलाई

थाहा छ जुन मलाई
तेरो मनमा पनि गुम्सिएर
बसेका थुप्रै कुराहरु छन्
त्यसैले कहिलेकाहि धेरै भिज्छन् घाँसहरु

तर
कस्तो अचम्म है
तेरो रुवाई शीतको थोपा
र वाह अनि मेरो
आसुका थोपा र छिः

सायद सुनाएमा तैले तेरो कथा
सुन्थ्यो होलान् सबैजनाले
तर मेरो छि छि दुरदुर
गर्छ यो दुनियाले
सायद दुःख पोख्न’नि
मेरो भाग्यमा छैन

त त खुसी छस्
सधै उनले तेरो तेरो अनुहार हेर्छिन
र त पनि हेर्छस् सायद
तर म हाय म

तर धेरै कुरा मिल्ने हामीमा
न तेरो शीतको थोपाको रङ छ
न मेरो आशुको
न तैले तेरो प्यार पाईस्
न मैले नै पाए

त्यसैले रुन्छौ हामी दुबैजना
रातैभरी अनि भिजाउछौ
ती सिरानी र घासहरु
र त सबका प्यारा छौ हामी
हाय हामी
हाय हामी

खड्का जी