तस्करले थापेको पासोमा चितुवा
भीमदत्तनगर, ८ माघ : तस्करले थापेको पासो (धराप)मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ब्रह्मदेव तथा डिभिजन वन कार्यालय कञ्चनपुरको टोली उद्धारमा खटिएको छ ।
भीमदत्त नगरपालिकाले चुरेको फेदमा छाडा गाईवस्तुका लागि निर्माण गरेको गौशालाको रेखदेखमा खटिएका कर्मचारीले चितुवा पासोमा परेको भेट्टाएपछि सो’bout सीमा प्रहरीचौकी ब्रह्मदेवलाई जानकारी गराएका थिए । लगत्तै सेना, प्रहरी र डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुगेको हो । वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले प्रारम्भिक अनुसन्धानका क्रममा तस्करले चितुवा मार्न पासो थापेको पाइएको बताउनुभयो । “चितुवा जिउँदै छ, उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली मगाएका छौँ”, उहाँले भन्नुभयो । (रासस)