सभामुख सापकोटाद्वारा शपथ ग्रहण

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनुहुँदै । तस्वीर : रत्न श्रेष्ठ (रासस )

काठमाडौँ, १३ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिनुभएको हो ।


राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार शितल निवासमा आयोजित कार्यक्रममा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताका शपथग्रहण गराउनुहुँदै । तस्वीर : रत्न श्रेष्ठ (रासस)

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनेक्रममा सहभागी हुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत सभामुखका परिवारहरुसमेत । तस्वीर : रत्न श्रेष्ठ (रासस)

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।


नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ पछि हस्ताक्षर गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठ (रासस)

सपथग्रहणपछि सभामुखका सपरिवारले सामुहिक तस्बिर खिचाउनुभएको थियो । प्रतिनिधिसभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । (रासस)