डुङ्गा

मानवता हराएको
यो पृथ्वीलाई हेर्दा लाग्छ
यो कुनै डुङ्गा हो
जसको दुई किनारमा
दुई दाजु भाईका सन्तानहरु छन्

जेठाका सन्तान भएको
छेउ प्वाल परेको छ
सायद अंशबन्डा गर्दा
कान्छो छोरोले
बाउले भर्खर मर्मत गरेको
पाटो रोजेको थियो
जस्तो की बारीको
भाग लगाउदा
कान्छो छोरोले
सबैभन्दा उब्जनी हुने
बारी छान्छ

जेठोले त्यसपछि
बचेकुचेको जग्गा पाउछ
सायद यहि कुरा
डुङ्गामा पनि लागु भयो
यसरी सबैकुरा भने बमोजिम
हुदै थियो
तर
छिमेकी भनेको
मर्दा र पर्दा
काम लाग्ने कुरा आज लागु भएन
डुङ्गा समुद्रको बिचमा छ
एकछेउमा प्वाल छ
डुङ्गाको त्यहि प्वालबाट
पानी भरिदै छ
जेठाका सन्तानहरु पानी फाल्दै छन्
अर्को छेउमा बसेका
कान्छाका सन्तान हेरेर हास्दै छन्
र भन्दै छन्
धन्न प्वाल हाम्रो पट्टि छैन
हो ठ्याक्कै यस्तै हुदै छ
पृथ्वीमा पनि

खड्का जी