कोरोनाको सबभन्दा पहिले चेतावनी दिने चिकित्सकको मृत्यु


बेइजिङ । चीनमा फैलिएको कोरोना भाइरस’bout सबैभन्दा पहिला चेतवानी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसकै संक्रमणका कारण मृत्यु भएको छ ।

चिनियाँ सरकारी सञ्‍चारमाध्यम तथा विश्‍व स्वास्थ्य संगठनले कोरोनाको पहिलो चेतावनी दिने डा . लि वेनलियाङको मृत्युको खबर दिएका थिए । तर पछि वुहान केन्द्रीय अस्पतालले सामाजिक सञ्‍जालमार्फत उनको स्वास्थ्य गम्भीर रहेको र उनको जीवन बचाउने हरसम्भव प्रयास भइरहेको बताइएको थियो ।

कोरोना भाइरसबाट संक्रमित डा.  उनी काम गरिरहेको अस्पताल, पछिल्लो समय उनको उपचार भएको वुहान अस्पतालले पछि उनको मृत्यु भएको  पुष्टि गरेको हो ।   

बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओका)ले पनि पत्रकार सम्मेलनमार्फत डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी भएको बताएको थियो ।

चिनियाँ मिडियाका अनुसार वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ डा वेनलियाङले ३० डिसेम्बरमा उनले आफ्नो साथीलाई केही बिरामीमा कोरोना भाइरसको लक्षण देखिएको जानकारी दिएका थिए । उनले जानकारी दिएको तीन दिनपछि स्थानीय प्रहरीले यस’bout नबोल्न र भ्रम नफैलाउन चेतावनी दिएको थियो । प्रहरीले भनेको थियो, “हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस् ।”

अन्तत: चिकित्सक वेनलियागङ कै कुरा सत्य सावित भयो ।

कसरी संक्रमित बने कोरोनाको चेतावनी दिने पहिलो चिकित्सक ? 

३४ वर्षीया डा.  वेनलियाङलाई चिनियाँ सामाजिक सञ्जालमा केही दिनदेखि ‘हिरो’ को रुपमा प्रस्तुत गरिएको छ । डा. वेनलियागङले सही समयमै सबैलाई सचेतता अपनाउन भनेका थिए । सुरुआतमा ‘हल्लाबाज’ को संज्ञा पाएका वेनलियागङलाई त्यसको एक महिनापछि भने हिरोको संज्ञा पाएका थिए । 

उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए । सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो ।

जनवरीमा डाक्टर डा. वेनलियाङले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरेका थिए । उनले आफूले थाहा पाएको भाइरस’bout सबै प्रस्टसँग राखेका थिए । जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए । पछि डा. वेनलियाङले एक महिलाको उपचार गर्नुपर्ने थियो ।

ती महिलामा नयाँ नोबेल कोरोना भाइरसको संक्रमण भएको डा. वेनलियाङलाई जानकारी थिएन। फलस्वरुप, ती महिलाको उपचारकै क्रममा डा. वेनलियाङ पनि कोरोनाबाट संक्रमित बनेको चिनियाँ सञ्‍चारमाध्यमहरुले बताएका छन् । उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोना’bout विश्वमा सचेतना फैलिएको छ ।

जनवरी १० मा  ती चिकित्सकले आफूलाई कफ भएको विबोमा बताएका थिए । त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए । उनको परिवार नै बिरामी पर्‍यो ।

डा. वेनलियाङमा नयाँ कोरोना संक्रमण भएको १० दिनपछि, जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो । चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो । पछि विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्‍यो । – बीबीसी