हलेसी,रावाखोला ट्रेक – चक्र कार्की

रावा खोला ट्रेक सगरमाथा जोडने नया“ पदमार्ग हो । रावाखोला भ्याली भएर पदयात्रीहरु सगरमाथातर्फ सोझिने  छन् । रावाखोला भ्याली सगरमाथा जोड्ने कुमारी पदमार्ग हो । हलेसी धार्मिक पर्यटकहरुका लागि निकै प्रख्यात थलो हो । हलेसीमा भारतीय पर्यटकहरु, भुटानी तथा पश्चिमा पर्यटकहरु र स्वदेशी पर्यटकहरुको लर्को लाग्ने गर्छ ।

 

हलेसीको दर्शन गरेर सगरमाथातिर उक्लने सोचमा हो ? अब आउनुस् हिंडौं, देउताको धाम गएर हिमालको फेदतिर लाग्ने मार्गमा । कुमारी पदमार्ग रावा खोलाले बिभिन्न साना हिमालस“ग लुकामारी खेलाउँदै सगरमाथा आधार शिबिरसम्म डो¥याउछ । यस मार्गको ‘एक्सप्लोर’ हालसालै भएको हो ।

 

 

बादलुको घुम्टोले ढाकेको रावाखोला पदमार्गमा खोलाको सुसेलीसँगै यात्रा अगाडि बढाउनुको क्या मज्जा !

हलेसी धार्मिक पदयात्राका लागि निकै प्रख्यात छ । पूर्बको महादेबका नामले चिनिने हलेसी आन्तरिक पर्यटकले भरिए पनि बिदेशी पर्यटक भने कमै आउने गर्छन् । बिगत बर्षहरु भन्दा हलेसीमा आन्तरिक पर्यटकहरुको भीड एकदमै बेढेको स्थानीयबासी बताउछन् ।

 

 

हलेसी यात्रा गर्ने दुई बिकल्प छन् । पहिलो, राजधानी काडमाडौंबाट सिधैं हलेसी पुगिन्छ भने उदयपुरको कटारीबाट पनि बस चढेर जान सकिन्छ । बिदेशी पर्यटकहरु भने हेलिकप्टर चार्टर गरेर पनि जान सक्छन् ।

 

 

राजधानीबाट ४५ मिनेटको उडानपछि लामिडाँडा पुगिन्छ । लामिडाँडा दुधकोशी किनारमा रहेको बिमानस्थल हो । साप्ताहिक रुपमा १÷२ वटा उडान हुने लामिीडाँडा टापु जस्तै छ । लामीडाँडाबाट हलेसी जाँदा तपाईंसँग समय छ भने एक रात लामिडाँडाको चिसो हावाको मज्जा लिन सक्नुहुन्छ ।

 

 

हतार छ भने, हलेसीतर्फ लागिहाल्नुस् । मनोरम प्राकृतिक दृष्य र स्थानीय कला संस्कृतिको मज्जा लिँदै हलेसीको दर्शन गरेर दूधकोशी र सुनकोशी नदी किनारै किनार हुँइकिदाको मज्जाको वर्णन नै बेग्लै ।

 

 

हलेसी महादेब धार्मिक पर्यकीय स्थल हो । बालाचर्तुदशी, शिबरात्री र रामनवमीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो नै लाग्छ ।

 

 

हलेसी एउटा गुफा हो । बसाहाको गुफा हलेसीको आर्कषक पक्ष हो । पापद्वार, धर्मद्वार ,कर्मद्वार ,गर्भद्वार, बाफ आउने गुफा हलेसीका मुख्य हेर्न लायक ठाउँ हुन् ।

 

 

हलेसी घुम्न चार घण्टा लाग्छ । महादेब र पार्बतीको आकर्षक मूर्ती पनि देख्न सकिन्छ । चमेराको संगीत गुफाभित्र पसेपछि मज्जाले सुन्न सकिन्छ ।

 

 

हलेसीको प्राकृतिक शंख पर्यटकीय आर्कषण हो । हलेसी गुफामा जॉदा लाइट लैजानुपर्छ ।

 

 

हलेसीका गाइड

गोरे परियार र प्रबेश गिरी हलेसीका स्थानीय गाइड हुन । कक्षा आठमा पढने प्रबेश हलेसीका कुशल गाइड रहेछन् । यी तन्नेरी हलेसी आउने पर्यटकलाई मिहिन जानकारी दिन्छन् ।

 

 

गोरे भने अध्यारा गुफामा पस्ने गर्छन् । उनी हलेसी आउने पर्यटकलाई गुफाभित्र लैजान गाइड गर्छन् । बाफ आउने दुलोमा पसेर पाँच प्रकारका मादलको आवाज बजाउने यी गोरे बिगत दुई दशकदेखि हलेसीमा गाइडको काम गर्दै आएका छन् । यी हसिला गाइडसँग हलेसी दर्शन पाउदा खुशी नहुने को होला ?

 

हलेसी—बिजुले डाँडा

हलेसीको दर्शन गरेपछि मन फुरुङ पारेर अब उकालो लाग्नुस् । मालाथुम्का डाँडो चढेर ‘मिडल अल्पाइन’को आनन्द लिन नभुल्नु होला ।

 

 

पांच घण्टा हिडेपछि बिजुले डांडा बास बस्न पुगिन्छ । बिजुले डाँडामा राई बस्ती छ । स्थानीय संस्कृतिलाई पनि हेर्न सकिन्छ ।

 

 

बिजुले डान्डा….कल्लेरी खोला । स्थानीय राई, ब्राम्हण, क्षेत्री बस्तीहुदै कल्लेरी खोला पुगिन्छ । स्थानीय कृषि प्रणाली र गाउले जीवन शैली पदयात्रामा देखिन्छ ।

 

 

कल्लेरी खोला….—.ताप खोला फेदी । पाँच घण्टा रावा खोलाको किनारै किनार भएर यात्रा उकालिन्छ । रावा खोलाको चिसो हावा खाँदै ताप खोला फेदी पुगिन्छ । खोलाको सुसेलीसगै यात्रा गर्दाको अनुभूति रमाइलो कसो नहोला !

 

 

ताप खोला..—.देउराली डान्डा । रावा खोला तरेर हामी देउराली डांडातर्फ लम्कन्छौँ । पाँच घण्टा हिडेपछि देउराली डाँडा पुगिन्छ ।

 

 

देउराली डाँडा ….बाहाने । सात घण्टाको हिडाइपछि पुगिन्छ बाहाने । शेर्पा भ्याली हो बाहाने । बाहाने पोखरीमा बर्षमा तीन वटा मेला लाग्छन् ।

 

 

पबित्र पोखरीमा सालान्ने मेला लाग्ने भएकाले आन्तरीक पर्यटकको भिड लाग्छ । बैशाखे पूर्णिमामा मेला लाग्ने भएकाले यो सिजन पर्यटकीय पनि हो ।

 

 

एक दिन आराम गरेर गुरासै गुरासको सालीखोपको जंगल भएर यात्रा अगाडि बढ्छ । बिचमा टेन्ट टाँगेर बास बसेपछि साल्पा पोखरी पुगिन्छ ।

 

 

साल्पापोखरी मकालु बरुण राष्ट्रिय निकुञ्जले छोएको छ । शेर्पा हिलका नामले चिनिने सिलीचोक पिकबाट पानोरोमिक दृष्य देख्न सकिन्छ ।

 

 

शेर्पा हिलबाट सगरमाथा, आमादाब्लम ,चोयु ,थामसेर्कु, मकालु, कन्चनजंगा लगायतका हिम शृखंलाहरु आ“खैमा टाँसिन्छन् ।

 

 

चार हजार ४ सय मिटर ऊचाइमा रहेको सिलीचो पिक (शेर्पा हिल) खोटाङ, सोलुखुम्बु र भोजपुरको संगम हो । जहा“ जनैपूर्णीमामा आन्तरिक पर्यटक र बिदेशी पर्यटकको बाक्लो उपस्थिति हुन्छ ।

 

 

अरुण भ्याली हुँदै सगरमाथा आउने पदमार्ग पनि हो, साल्पा । ‘स्वर्गको पहाडमा सुते, जतासुकैबाट हिमाली दृष्य चियाए”, केही बर्ष अघि न्यूजिल्याण्डका ज्यामी म्याग्यानीजले शेर्पा हिलमा एक रात बिताएर नेपाल ट्रेक  गाइड बुकमा उल्लेख गरेका छन् ।

 

 

सिलीचोक पिक (शेर्पा हिल) बाट हिमाली दृष्यको मज्जा लुटेपछि थप आन्नद लिन अब सगरमाथातर्फ मोडिने सोच भो होला ।

 

 

कुलुङ्गे राईको थलो भएर मेरा पिक चढेर लुक्ला निस्कन सकिन्छ । समय भए सगरमाथा आधार शिबिर पट्टि लाग्न सक्नुहुन्छ । नभए आधा घण्टाको उडान उडेर राजधानी फर्कन सकिन्छ ।

 

 

पदयात्राको तयारी

स्थानीय कला, संस्कृति, भुबनोट, गाउले जीवनशैली अनि शरीर स्वस्थ राख्नलाई ट्रेकिङ आबश्यक छ । त्यो गर्नलाई रुकस्याक, ट्रेकिंग  स्टीक, पानी पिउने बोटल, स्लिपिङ ब्याग, सन ग्लास, सन क्रिम, क्याप बोक्न नभुल्नुस् । बर्खामासमा जाने भए रेन कोट वा छाता पनि हाल्नुस् है ।

 

 

पदयात्रामा लाग्ने खर्च

‘लो अल्पाइन’मा यात्रा गर्ने भएकाले मह“गी कमै छ । खर्च गर्ने शैली सबैको आ—आफनै हुन्छ । कम खर्चमा पनि लामो यात्रा गर्न सकिन्छ । त्यो तपाईमा भर पर्छ ।

 

 

खल्तीमा तीस हजार हालेर हिडे हलेसीको दर्शन गरेर लुक्लासम्म यात्रा गर्न पुग्छ । १५ दिनको यात्रा गरे लुक्ला पुगेर सकिन्छ । मेरा पिक, चढ्ने सोच वा सगरमाथा आधार शिबिरमा जाने मुड हो भने समय र खर्च अरु तन्किन्छ ।

 

 

लो अल्पाइन, पहाडी अल्पाइन र हिमाली अल्पाइनको पदयात्रा गर्ने भएकाले तीनपक्षलाई नजिकबाट हेर्ने मौका मिल्छ । चौरीको दूध, घिउ, मोही छुर्पी यात्रामा पाइन्छन् । रावाखोला ट्रेक  कुमारी पदमार्ग भएकाले मौका नचुकाउनुस ल ।

 

 

हलेसीको मेनु

खाना (सादा) :-  १५० रुपैंया ।
खाना मासुभात :- २ सय ५० ।
बियर :- ३ सय ५० ।
कोठाको :- १ हजार ५ सय ।
स्थानीय गाइड फि  :- ५ सय ।